भारतसँग गर या मरको अवस्थामा नेपाल
एसिया कप क्रिकेटको दोस्रो खेलमा सोमबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाललाई अगाडि बढ्न भारतलाई हराउनै पर्ने बाध्यता छ ।
म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले म्यानमारसँग सेप्टेम्बर ८ र ११ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित
यससँगै छ अङ्क जोडेको नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रनले पराजित गरेको थियो भने दोस्रो खेलमा बहरबाइनलाई १० विकेटले हराएको थियो ।
एसियाडका लागि नेपाली खेलाडीलाई व्यवहारिक ज्ञान प्रदान
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने क्रममा नेपाली खेलाडीमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ ।
एसियाली शारीरिक सुगठनमा २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको व्यवस्थापनमा काठमाडौँमा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
मैदान छाडेका पारसलाई पदाधिकारीमा एकपछि अर्को सफलता
दुई वर्षअघि क्रिकेट खेलाडीबाट सन्यासको घोषणा गर्नुभएका पारस खड्काले सन्न्यास लिएको बेलामै नेपाल क्रिकेट सङ्घ (क्यान) को पदाधिकारीमा आउने इच्छा व्यक्त गर्नुभएको थियो ।
भारत पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै
एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच अहिले श्रीलङ्काको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुँदैछ ।
भारत र पाकिस्तान भिडन्त आज
एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी चारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा ३:१५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तयार छन् ।
बहराइनमाथि नेपालको जित
मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा ग¥यो ।
बहराइनले नेपाललाई जितका लागि दियो ३२ रनको लक्ष्य
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ ।
महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट, नेपालको नाटकीय जित
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बिहीबार घरेलु टिम मलेसियालाई नाटकीय रूपमा पाँच रनले हराएर विजयी सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो । मलेसियाले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । नेपालले गत हप्ता चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियासँग हार बेहोरेको थियो । त्यसैले यो जित बदला पनि भएको छ ।
टेबलटेनिस टोली दक्षिण कोरिया जाने
नेपाली टेबलटेनिस टोली २६ औँ एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार दक्षिण कोरिया प्रस्थान गर्ने भएको छ । भदौ १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा संयोग कपाली, रुविन महर्जन, विलोश श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ र इभाना थापाले भाग लिनुहुने छ । प्रशिक्षकमा मुख्य प्रशिक्षक सञ्जीव ढुङ्गेल रहनुभएको छ । नेपालले पुरुष/महिला एकल, डबल्स, टिम र मिक्स स्पर्धा गरी सात स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।
ताप्लेजुङ गोल्डकपमा इटहरीको विजयी सुरुवात
बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा पाहुना टोली इटहरीले विजयी सुरुवात गरेको छ । स्थानीय माना भरा स्पोर्टिङ क्लबलाई ट्राई बेकरमा ५–४ गोलले पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरी, इटहरीले विजयी सुरुवात गरेको हो ।
यू–१६ क्रिकेट कप्तान तिवारी सम्मानित
यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गर्नुभएको हो ।
बराबरीमा रोकियो मेस्सीको मियामी
अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा नास्भिल एफसीसँग अङ्क बाँडेको छ ।
भारतसँग खेल्न नेपाली टोली श्रीलङ्कामा
नेपाली क्रिकेट टोली एसिया कपको दोस्रो खेल खेल्न बिहीबार श्रीलङ्का पुगेको छ । समूह ‘ए’ अन्तर्गत आयोजक पाकिस्तानसँगको खेलपछि नेपाली टोली भारतसँगको खेलका लागि श्रीलङ्का गएको हो ।
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट : नेपालद्वारा मलेसिया पराजित
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो ।
एसिया कप क्रिकेट : नेपालका लागि विश्वका क्रिकेट प्रेमीमाझ फरक ढङ्गले चिनिने अवसर
कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे ।
नेपाल पाकिस्तानसँग २३८ रनले पराजित
नेपाल एसिया कप क्रिकेटको पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ ।
साफ यू–१६ च्याम्पियनसिप खेल्न नेपाली टोली भुटान प्रस्थान
साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
नेपाललाई पाकिस्तानको तीन सय ४३ रनको लक्ष्य
बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल क्रिकेट हेर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तान बीचको क्रिकेट प्रतियोगिता हेर्दै हुनुहुन्छ ।
पाकिस्तानको तीन विकेट गुम्यो
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट गुमाइसकेको छ ।
एसिया कप क्रिकेट : पाकिस्तानले टस जित्यो
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।