रजनीले जित्नुभयो नेपालका लागि अर्को स्वर्ण
रजनी श्रेष्ठले काठमाडौँमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोड्नुभएको छ ।
एनएनआईपीएमा श्रेष्ठको निरन्तरता
कराते खेलाडी दीपक श्रेष्ठलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को साधारण सभा तथा निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ ।
इटहरी फाइनलमा
जुट विकास फुटबल एकेडेमी सुनसरीको इटहरी ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताअन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा मोरङको पथरी–११ फुटबल क्लबलाई ट्राई बेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरी फाइनलमा पुगेको हो ।
भारतसँग हार्दा पनि नेपालको प्रशंसा
एसिया कप अन्तर्गत सोमबार भएको भारतसँगको ऐतिहासिक क्रिकेट खेलमा नेपालको जित अपेक्षा गरिएको थिएन । नेपाल डकवर्थ लुइसको नियम अनुसार भारतसँग दस
नेपाल भारतसँग १० विकेटले पराजित
एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ ।
नेपाल र भारतको खेल २३ ओभरको हुने
भारतले डकवर्थ लेविस प्रणालीका आधारमा निर्धारित २३ ओभरमा एक सय ४५ रनको विजयी लक्ष्य पाएको छ ।
नेपालका विशाल र सनमले जित्नुभयो स्वर्ण
विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक जित्नुभएको छ ।
वर्षाका कारण खेल रोकियो
भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको छ ।
नेपालले दियो भारतलाई २३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य
एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ३० रन बनायो ।
बुटवलमा खुला टेबल टेनिस हुने
रुपन्देहीको बुटवलमा प्रथम कृष्ण जन्माष्टमी जिल्ला स्तरीय स्कुल तथा खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवल ११ ओलीपथ स्थित कभर्डहलमा भदौ १९ र २० गते प्रतियोगिता हुने भएको हो ।
वर्षाका कारण खेल रोकियो
एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ ।
एसिया कपका खेलाडीलाई पालिका अध्यक्षले नगद पुरस्कार दिने
धनुषाको जनकनन्दनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतको सोमबार भएको नेपाल–भारतबीचको खेलमा सहभागी नेपाली खेलाडीलाई प्रदर्शनका आधारमा पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
आसिफ अर्धशतक बनाएपछि आउट
एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।
आसिफको अर्धशतक
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ ।
एसिया कप : नेपालले एक सय रन पूरा
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ ।
नेपालले चौथो विकेट गुमायो
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्कनुभयो ।
कप्तान रोहित विपक्षी कप्तान रोहितबाट क्याच आउट
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलले रवीन्द्र जडेजाको बलिङमा स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिनुभयो । रोहितले आठ बलमा पाँच रन मात्र बनाउन सक्नुभयो ।
नेपालको दोस्रो विकेट आउट : भीम सार्कीले बनाउनुभयो सात रन
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की अफसाइडमा कडा प्रहार गर्ने चक्करमा आउट हुनुभयो ।
एसिया कप क्रिकेट : नेपालको गजबको सुरुआत
एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ ।
एसिया कप क्रिकेट : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल
एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ । भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो ।
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
ताप्लेजुङ गोल्ड कपमा सेमिफाइनलका खेल आजदेखि
ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत सोमबार आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छ । गत बिहीबारदेखि जारी प्रतियोगिताको क्वार्टर फाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनलका खेलहरू हुने भएको हो ।
नेपाल र भारत आज भिड्दै
भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।
एसियन बडिबिल्डिङ्ग महासङ्घमा चार नेपाली निर्वाचित
एसियन बडिबिल्डिङ्ग एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको इलेक्टोरल कांग्रेसले नेपालका चार नेपालीलाई फेडेरेशनको विभिन्न पदाधिकारीमा चयन गरेको छ ।