टस हारेको भारत पहिले ब्याटिङमा
एसिया कप क्रिकेटको सुपर चारमा भारत र पाकिस्तानबिच प्रतिस्पर्धा भइरहेको छ । श्रीलङ्काको कोलम्बोमा टस हारेर भारतले पहिले ब्याटिङ गरिरहेको छ ।
जिल्लास्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न
पाल्पामा जिल्ला स्तरीय तेक्वान्दाे प्रतियोगिता सम्पन्न भएको छ ।
अन्तरमाध्यमिक विद्यालयस्तरीय महिला फुटबल सुरु
महिला फुटबलरको पहिचान बनाउने उद्देश्यसहित म्याग्दीको बेनीमा अन्तरमाध्यमिक विद्यालयस्तरीय खुल्ला महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
सितोरियो करातेमा पुनः दावा निर्वाचित
नेपाल सितोरियो कराते सङ्घको दोस्रो साधारण सभा तथा महाधिवेशन (निर्वाचन) सर्वसम्मत रूपमा सम्पन्न भएको छ । बाराको निजगढमा सम्पन्न उक्त निर्वाचनबाट अध्यक्षमा धावा गुरुङ (दावा) पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
जोकोभिच र मेदभेदेव फाइनलमा
सर्वियन स्टार नोभाक जोकोभिच र रसियन स्टार डानियल मेदभेदेव युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गर्नुभएको छ ।
चेल्सी रोड रेसको तयारी
चेल्सी वर्ल्ड स्कुलको आयोजनामा तेस्राे चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ ।
थाइल्यान्डलाई हराउँदै युएई च्याम्पियन
आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधि संयुक्त अरब इमिरेट्स (युएई) ले जितेको छ । मलेसियामा शनिबार भएको फाइनलमा युएईले थाइल्यान्डलाई ६ रनले हरायो ।
प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताका विजेता सभापोखरी टिम
दमक नगरपालिकाले आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाको सभापोखरी भलिबल टिमले जितेको छ।
प्रत्येक वर्ष अन्तर प्रदेश खेलकुद हुने
प्रदेश खेलकुद विकास समितिहरूले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन् । हेटौँडामा प्रदेश खेलकुद परिषद्का सदस्य सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
सन्दीपविरुद्ध मुद्दामा थप कागजात झिकाउन आदेश
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबार पनि सुनुवाइ भएन । न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पीडित किशोरीको जन्मदर्ता र बसाइँको सम्बन्धी थप कागजात झिकाउन आदेश दिएको छ ।
कुशल र सोमपाललाई जनही एक लाख प्रदान
इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिमेटमा भारतविरुद्ध छक्का प्रहार गर्ने नेपाली क्रिकेटरलाई दुई लाख रुपियाँ प्रदान गरेको छ ।
अल्कारेज युएस ओपन टेनिसको सेमिफाइनलमा
साबिक विजेता स्पेनिस स्टार कार्लोस अल्कारेज युएस ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
बालोन डी’ओर अवार्डको सूचीमा ३० खेलाडी
बालोन डी’ओर अवार्ड–२०२३ को लागि अन्तिम ३० खेलाडीको सूची सार्वजनिक भएको छ । फ्रान्स फुटबल म्यागाजिनले बुधबार राति सर्वाधिक सात पटकको अवार्ड विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीसहित ३० जनाको नाम सार्वजनिक गरेको हो ।
सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी
क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ जारी छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा क्रिकेटर लामिछानेविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको छ ।
इलामको रेड हर्सले जित्यो ताप्लेजुङ गोल्डकपको उपाधि
ताप्लेजुङ गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताकोको उपाधि इलामको रेड हर्स फुटबल क्लबले जितेको छ।
हिमालको फेदमा गल्फको तयारी
पोखरेली गल्फर बलराम थापा भदौ अन्तिममा उपल्लो मुस्ताङ जाँदै हुनुहुन्छ । मुस्ताङ गल्फ कोर्सले लोमान्थाङमा भदौ ३० बाट आयोजना गर्ने दोस्रो गल्फ च्यालेन्जमा सहभागी हुन उहाँ जान लाग्नुभएको हो ।
साफ यू–१६ फुटबल : भारतसँगको हारसँगै नेपाल बाहिरियो
नेपाल भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १–० गोलले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
स्वदेश फर्कियो क्रिकेट टोली
पहिलो पटक एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार दिउँसो स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन विमान स्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी र सर्मथकले स्वागत गरेका थिए ।
एसिया कप क्रिकेटको सुपर चारमा पाकिस्तान र बङ्गलादेश भिड्दै
एसिया कप क्रिकेटको सुपर चार समीकरण पूरा भएसँगै बुधबार (आज) पहिलो सुपर चार खेलमा पाकिस्तान र बङ्गलादेशबिच प्रतिस्पर्धा हुँदैछ ।
भारतका मनीलाई मिस्टर एसिया उपाधि
५५औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिस्टर एशियाको उपाधि भारतका सराभनन मनीले जित्नुभएको छ ।
एसियाडका लागि रग्बीको वैदेशिक प्रशिक्षण मलेसियामा
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा सहभागी हुने नेपाली पुरुष रग्बी टोलीको थप तयारी र वैदेशिक प्रशिक्षण मलेसियामा हुनेभएको छ ।
विश्वकप एसिया छनोट : नेपाल र युएईबिचको खेल रद्द
मलेसियामा जारी आइसिसी महिला टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको खेल वर्षाको कारण रद्द भएको छ ।
देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै
नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित
मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।