• ८ जेठ २०८१, मङ्गलबार

वर्षाका कारण खेल रोकियो

blog

काठमाडौं, भदौ १८ गते । एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ । 

खेल रोकिँदा दीपेन्द्रसिंह ऐरी २० बलमा तीन चौकासहित २७ र सोमपाल कामी २० बलमा एक चौका प्रहार गरी ११ रन बनाएर खेल्दै हुनुहुन्छ । भारतका लागि अहिलेसम्म रवीन्द्र जडेजाले तीन, मोहम्मद सिरजाले दुई तथा शार्दूल ठाकुरले एक विकेट लिनुभएको छ ।