• ८ जेठ २०८१, मङ्गलबार

एएफसी कप–२०२३ : पारोमाथि मच्छिन्द्रको कठिन जित

blog

पारोविरुद्ध सट प्रहार गर्दै मच्छिन्द्रका खेलाडी । फोटोहरु : केशव गुरुङ

काठमाडौं, साउन २३ गते । भुटानको लिग च्याम्पियन पारो एफसीमाथि कठिन जित निकाल्दै नेपालको मच्छिन्द्र क्लब एएफसी कप–२०२३ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३–२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो ।

खेलको अन्तिम १५ मिनेट उत्कृष्ट प्रदर्शन गरेको पारोको बराबरी गोल फर्काउने प्रयास सफल भएन । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको मच्छिन्द्रले दोस्रो हाफमा लय गुमाएको थियो । 

मच्छिन्द्रको जितम विमल घर्तीमगर, आयुष घलान र अ‍ोलावाले अफिजले गोल गर्नुभयो । पारोका लागि काजुअ‍ो होमा र इभनास असान्तेले गोल गर्नुभयो । पारोले सातौं मिनेटमै अग्रता लिएको थियो । काजुओले मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठको कमजोरीमा पोस्ट् नजिकबाट गोल गर्नुभएको थियो । 


तर पारोको अग्रता लामो समय टिकेन । १२औं मिनेटमा वीमल घर्तीमगरले उत्कृष्ट हेड गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । तीन मिनेट लगत्यै आयुश घनालने विमलको पासमा गोल गर्दै मच्छिन्द्रको  उत्साह जगाउनुभयो ।

त्यसपछि ओलावाले अफिजले ३८औं मिनेटमा उत्कृष्ट गोल गर्दै मच्छिन्द्रलाई थप बिलयो बनाउनुभयो । पारोका इभनासले ७०औं मिनेटमा वान भर्सेस वानको अवस्थामा गोल गर्दै टोलीलाई पुन: खेलमा फर्काउने प्रयास गर्नुभयो ।


चार हजार दर्शकको साथ पाएको मच्छिन्द्र अन्तिममा अग्रता जोगाउन अत्तालिएको थियो । अन्तिममा मच्छिन्द्रको पोस्ट्मा लगातार प्रहार गरेपनि पारोको बराबरी गोल र्फाउने प्रयास सफल भएन । मच्छिन्द्रले शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेताको रुपमा एएफसी कप खेलेको हो ।

नेपालको ‘ए’ डिभिजन लिग च्याम्पियन बनेपनि चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नहुँदा उपविजेता मच्छिन्द्रले मौका पाएको हो । मच्छिन्द्रले गतवर्ष पनि प्रारम्भिक चरणमा श्रीलङ्काको क्लब ब्लु स्टारसँग घरेलु मैदानमै एएफसी खेलेको थियो ।

तर मच्छिन्द्रको यात्रा दशरथ रङ्गशालाबाट अगाडि बढ्न सकेको थिएन । मच्छिन्द्रले अब दोस्रो चरणमा भारतको सुपर लिग टोली मोहन बगानसँग अगष्ट १६ तारिख खेल्नेछ ।