होस गर है प्रिय [कविता]
बडो जतनका साथ बुनेकी छु मैले मेरो हृदयको तानमा तिम्रो र मेरो प्रेमको सप्तरङ्गी रुमाल होस गर है प्रिय ! तिम्रो छुवाइले कतै दागी नबनाओस् मेरो त्यो पवित्रतम सिर्जनालाई ।ठूलो प्रयत्नका साथ दबाएर राखेकी छु मैले मनभित्रै तिमीप्रतिको मेरो तीव्र अनुरागलाई आफ्नो अभिसारको चाहनालाई खुला रूपमा व्यक्त गर्नुअघि होस गर है प्रिय ! त्यसले कतै उफानमा नल्याओस् मैले हृदयको अन्तस्तलमा दबाएर राखेको मेरो तिर्सनालाई ।कुनै त्यस्तै उपयुक्त र मधुर क्षणमा तिमीलाई नै अर्पण गर्न भनी मेहनतका साथ तयार पारेर राखेकी छु मैले मेरो यो देहको सम्पदालाई उन्मादको हुट्हुटीमा यसलाई बलात् किचिमिची पार्नुअघि होस गर है प्रिय ! तिम्रो त्यो क्षणिक आवेशले ओझेलमा नपारिदेओस् स्त्री–पुरुष सम्बन्धका सबै रोमाञ्चक, अर्थपूर्ण र शाश्वत आयामहरूलाई ।
प्रिय दुश्मन (कविता)
अचानक हराएर आफ्नो होश भक्कानिँदै डाँको छोडेर रोएको त्यतिकै हुँदै होइन–अरूको अगाडि !
रेडियो सधैँको साथी
रेडियो कान्तिपुरले बन्दाबन्दीको समयलाई सिर्जनासँग जोड्ने उद्देश्यले सुरु गरेको कार्यक्रम ‘आशा : समुन्नत सपना’ कार्यक्रममा २०७७ वैशाख ४ का दिन कार्यक्रम सञ्चालक गीतकार/कवि भूपेन्द्र खड्काले युवा पुस्ताका होनहार कवि भूपिन र मलाई कार्यक्रममा निम्त्याउनु भएको थियो । भूपेन्द्रजी मसँग टेलिफोनमा जोडिनुभन्दा अघि म रेडियोमा कवि भूपिनका दिनचर्या, विचार र कविता सुनिरहेको थिएँ । कार्यक्रममा म जोडिएसँगै भूपिन छुट्टिनु भयो । कार्यक्रम सकियो । भूपिन भाइसँग कुरा नभएको पनि धेरै भएको थियो । मैले मोबाइलमा सम्पर्क गर्ना साथै भाइले गुनासो गर्नुभयो– मैले दाइका कविता सुन्नै पाइनँ, भूपेन्द्रले लाइन काटी दिए । मैले भनेँ– त्यो प्राविधिक बाध्यता हुनुपर्छ । कुराकानी हुँदै जाँदा भूपिनले आफूसँग रेडियो नभएको कुरा मात्र भन्नुभएन, सँगसँगै आफ्नो त रेडियो कल्चर नै भएन भनेर रेडियोको प्रसङ्ग टुङ्ग्याउनु भयो । फोनवार्ता सकियो । आफूसँग रेडियो कल्चर नै नभएको भन्ने भूपिनको भनाइले रेडियोबिना सामान्य ढङ्गमा जीवन नै चल्दैन कि जस्तो लाग्ने मलाई भित्रैसम्म कतै छोयो ।
नेपाली भाषामा ब्रह्माण्डपुराण
ब्रह्माण्डपुराणको नेपाली अनुवाद हालै प्रकाशनमा आएको छ । यसको अध्यायगत सारांशका रूपमा नेपाली अनुवाद गरिएको हो । जयतु संस्कृतम्का अध्यक्ष डा. बद्री पोखरेलद्वारा अनुदित प्रस्तुत पुराण ब्रह्मदेखि ब्रह्माण्डसम्मका १८ वटा महापुराणमध्ये अन्तिम पुराण हो । डा. पोखरेलले यसअघि नै विभिन्न महापुराणहरू अनुवाद गरी प्रकाशित गराउँदै आउनुभएको छ । प्रस्तुत पुराण यसैभित्र अर्को कडी हो । वैदिक ग्रन्थहरूमा उल्लेख भएअनुसार संसार परब्रह्मको खेल हो । जब ब्रह्ममा एकबाट अनेक हुने इच्छा जागृत हुन्छ तब आफ्नै शरीर विस्फोट गरेर नानारूप धारण गरी खेल्छन् र खेल्न पुगेपछि सारा सृष्टिलाई आफैँमा समेट्दै शून्यमा विचरण गर्न पुग्छन् ।
लोमान्थाङ क्यान्भास
भित्ताहरूमा जीवन हुन्छ त ? प्रकाश सिग्देलको एउटा प्रश्न हो यो । कालीगण्डकीको मुहानको खोजीमा उकाली चढ्दा आएको यस प्रश्नको उत्तर थियो वा थिएन, त्यो पनि अर्को प्रश्न नै हो । जीवन नभए राजा जिग्मे परवल विष्टको घरवरिपरि रहेको पर्खालको के अर्थ ? त्यसलाई दायाँ पार्दै उक्लिँदै गर्दा पारिपट्टि देखिएका भेडाका लस्कर र तिनका वरपर रहेका मानिसको जिजीविषा के हो त ? यतिखेर भने त्यो प्रश्नको उत्तर भेटिएजस्तो लाग्यो ।
नेपाली सिनेमा हिजो र आज
नेपाली सिनेमा निर्माण हुन थालेको ५५ वर्ष भइसक्यो । राजा महेन्द्रले सरकारी ढुकुटीबाट चलचित्र ‘आमा’ बनाउनुभन्दा अघि निजी क्षेत्रको सुमनाञ्जली प्रोडक्सनबाट ‘माइतीघर’ बनाउने सबै तयारी भइसकेको थियो तर राजा र जनताको एउटै क्षेत्रमा प्रतिस्पर्धा हुने भयो भनेर माइतीघरको निर्माण पछि धकेलिएको तर्क गर्ने धेरै छन् । ‘आमा’ पञ्चायत व्यवस्थाको प्रचारप्रसार गर्ने उद्देश्यले राज्यले बनाएको प्रथम सिनेमा हो भने ‘माइतीघर’ निजी क्षेत्रले बनाएको पूर्णतः व्यावसायिक सिनेमा हो ।
चेरीले बढाएको सौन्दर्य
अमेरिकास्थित सान्फ्रान्सिस्कोको पहिलो अवतरण र बसाइ निकै यादगार रह्यो । डाउनटाउनमा आन्टी (सानुमुवा)कै घरमा एक हप्ता बसियो । म गएपछि आन्टीले काममा बिदा माग्नुभएको रहेछ । हेर्दा उहाँ खुसी नै देखिनुहुन्थ्यो । सँगै रहँदाबस्दा भलाकुसारीको क्रममा आन्टीले भन्नुहुन्थ्यो– पकाउने ग्यास सकिएला भन्ने पीर छैन । बिजुलीको मिटरबक्समा युनिट धेरै चढ्ला र बिल धेरै आउला भन्ने पीर छैन । ग्यासको सिलिन्डर भर्न लैजानका लागि मान्छे खोज्नुपर्दैन । ग्यासको सिलिन्डर किन्नका लागि पैसाको जोहो गर्नुपर्ने चिन्ता पनि छैन । धारामा पानी नआउला भन्ने चिन्ता पनि छैन । पानीको धारा कहाँबाट आउँछ, त्यो त थाहा छैन तर कहिल्यै पनि धारामा पानी सकिँदैन । यति कुरा भएपछि घर चलाउन आनन्द हुने रहेछ । यहाँभन्दा बढी के चाहियो र !
विपत्तिमा सहारा
पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेँसीमा रहेको पुल २०५१ साल साउनमा आएको बाढीले बगायो । राजधानीसँग जोड्ने मुख्य राजमार्ग नै ठप्प हुँदा आवतजावतसँगै अत्यावश्यक वस्तुको ढुवानीमा ठूलो समस्या भयो । निरन्तरको वर्षा र पहिरोले वैकल्पिक सडक तयार गरी सडक सुचारु गर्ने अवस्था भएन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अवरुद्ध राजमार्ग खुलाउन अनेक प्रयास ग-यो । कमजोर भूबनोटको कारण पहिरो झन् थपिन थाल्यो । नेपाली सेनाले भारतबाट बेलिब्रिज मगाएर हप्ता दिनपछि राजमार्ग सञ्चालनमा ल्यायो ।
आमा खै ! (कविता)
“बुबा आमा खै ?” “आमा त टाढा गइन् छोरा” “किन बाबु किन ? आमा कोसँग रिसाउनु भयो ?” “हैन छोरा, त्यसो हैन” “उसो भए के हो त ? आमा खै खै ?”