आफन्तको सम्झनामा धर्मचौतारा
अचेल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जान थालेका छन् । भएका पाटीपौवा र चौतारा नासिँदै जान थालेका छन् तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई पाउद्वारका गाउँलेले जीवित राखेका छन् । आफन्तको सम्झनामा परिवारका सदस्यले चौतारा चिन्ने गरेका छन् ।
सत्र घर विस्थापित
लगातारको वर्षा र पहिरोका कारण दोलखाका ग्रामीण बस्ती जेखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार पहिरोले घर बगाउँदा १७ परिवार विस्थापित भएका छन्। पहिरोका कारण २८३ घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार बिगु गाउँपालिकामा २५ घर, तामाकोसी गाउँपालिकाको मालुमा ११ घर, मेलुङ गाउँपालिकामा तीन घर, शैलुङ गाउँपालिकामा दुई घर, बैत्येश्वर गाउँपालिकामा एक घर विस्थापित भएका छन्। पहिरोले मालुखोला बजार र सिँगटीको खोलीखिम बजारमा क्षति पु-याएको छ।
तटबन्ध बगाउँदा मेलम्चीवासी त्रासमा
मेलम्ची नदी नियन्त्रण, नदीलाई पुरानै धारमा ल्याउन र मेलम्ची बस्ती जोगाउनका लागि तीनै तहका सरकारले विनियोजन गरेको बजेटबाट मेलम्ची नदी कोरिडोरमा निर्माण गरिएको तटबन्ध बाढीले बगाएर क्षति पु-याएको छ।
राजमार्ग किनारमा युवकको शव फेला
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो ।
टिपर दुर्घटनामा दुईको मृत्यु
उदयपुरको कटारी नगरपालिका ८ स्थित कुरिभन्ज्याङमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदैगरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो ।
कर्णालीमा धार्मिक मेला शुरु
कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ ।
नेपाल प्रहरी प्रविधिमैत्री बन्नु पर्छ : मन्त्री साह
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आधुनिक युगमा परम्परागत अनुसन्धानले काम नचल्ने भन्दै प्रदेशको नेपाल प्रहरी प्रविधिमैत्री बन्नुपर्ने बताउनु भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग र मधेश प्रदेश प्रहरी कार्यालयले संयुक्त रुपमा मंगलबार जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्घाटनशत्रमा उहाँले सो कुरा बताउनुभयो ।
सामुदायिक भवन उदघाटन
संघीय शहरी बिकासमन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उदघाटन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको पाँच कोठे सामुदायिक भवनको मन्त्री चौधरीले मंगलवार उदघाटन गर्नुभएको हो ।
धौलीगाडमा मुआब्जा विवाद
दार्चुला सदरमुकाम खलङ्गा जोड्ने धौलीगाड खोलाको पुल मुआब्जा विवादका कारणले आठ वर्षदेखि अलपत्र परेको छ। २०७१ सालमा सडक डिभिजन कार्यालय बैतडी पाटनले महाकाली लोकमार्गअन्तर्गत गल्फै नजिकको खलङ्गा जोड्न सो पुल निर्माण थालेको हो। गल्फैका स्थानीय केशव विष्टका अनुसार पुलको एकापट्टि पिल्लर मात्रै आधा गाडिएको छ। स्थानीयले खोला पार गर्न पुलकै माथिपट्टि काठेपुल लगाएका छन्।