• १९ असार २०८१, बुधबार

राजमार्ग किनारमा युवकको शव फेला

blog

पविता पौडेल 

रुपन्देही सैनामैना, साउन ३१ गते ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल १२ नायाँगाउँको राजमार्ग किनारमा एकजना युवकको शव फेला परेको छ । सडकको छेउमा दुर्घटना भएको मोटरसाइकलसँगै बुटवल ११ कालिकानगरका २८ वर्षीय संजय खत्रीको शव फेला परेको हो ।

सडक छेउमा लु ३६ प ४७४२ नम्बरको मोटरसाइकल र मोटरसाइकल नजिकै खत्री मृत अवस्थामा भेटिएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । शवको पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।