• २१ असार २०८१, शुक्रबार

बाँकेमा डेंगुका बिरामी बढ्दै

blog

साबित्री गिरी
कोहलपुर, असार १९ गते ।
 बाँके जिल्लामा डेंगु रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा डेंगु सङ्क्रमणको जोखिम बढेकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतसँग सीमा जोडिएको कारण पनि सचेत हुनुपर्ने अवस्थाआएको बाँकेका डेंगु सम्पर्क व्यक्ति दुर्गा गौतमले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका सबै पालिकामा डेंगुको सङ्क्रमण देखिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये राप्तीसोनारी गाउँपालिकामा पाँच, कोहलपुर नगरपालिकामा २४, बैजनाथ गाउँपालिकामा नौ, खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा पाँच, नेपालगन्ज उपमहानगरपालिकामा ४५ र डुडुवा गाउँपालिकामा ६ जना डेंगुका बिरामी छन् ।

विगत ६ महिनादेखि यताको तथ्याङ्क हेर्दा नेपालगन्जमा मात्रै एक हजार दुई सय ६८ जना सङ्क्रमित भएका छन् । डेंगु लामखुट्टेको सङ्क्रमणबाट सर्ने भएकाले यस रोगबाट बच्नको लागि सरसफाइमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ रहेको छ ।