• १९ असार २०८१, बुधबार

सत्र घर विस्थापित

blog

चरीकोट समाचारदाता

चरीकोट (दोलखा), भदौ १ गते । लगातारको वर्षा र पहिरोका कारण दोलखाका ग्रामीण बस्ती जेखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार पहिरोले घर बगाउँदा १७ परिवार विस्थापित भएका छन्। 

पहिरोका कारण २८३ घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाका अनुसार बिगु गाउँपालिकामा २५ घर, तामाकोसी गाउँपालिकाको मालुमा ११ घर, मेलुङ गाउँपालिकामा तीन घर, शैलुङ गाउँपालिकामा दुई घर, बैत्येश्वर गाउँपालिकामा एक घर विस्थापित भएका छन्। पहिरोले मालुखोला बजार र सिँगटीको खोलीखिम बजारमा क्षति पु-याएको छ। 

विस्थापितलाई नजिकको सार्वजनिक भवन र छिमेकीको घरमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो। तामाकोसी गाउँपालिका–४ का पहिरोपीडित आफन्त र छिमेकीको घरमा शरण लिएर बसिरहेको स्थानीय चतुरबहादुर खड्काले बताउनुभयो। 

यसअघि गएको जिल्लाकै ठूलो लापिलाङ पहिरो यस वर्षसमेत पुनः चल्न थालेपछि केही घर बगाएको र सिङ्गै गाउँ विस्थापित हुने अवस्थामा रहेको वडाध्यक्ष सहदेव खड्काले बताउनुभयो। यो बस्तीमा ६४ घर जोखिममा रहेको उहाँले जानकारी दिनुभयो। यस्तै मेलुङ गाउँपालिकाको सित्तली बजारक्षेत्रमा पहिरोले क्षति गरेको छ। पहिरोले भीमेश्वर नगरपालिका, बिगु गाउँपालिका, तामाकोसी गाउँपालिका, मेलुङ गाउँपालिकालगायतका ग्रामीण सडकमा क्षति पुगेपछि सवारीसाधन आवागमन रोकिएको छ। 

जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी खतिवडाले पहिरोपीडितलाई नगद सहयोग, त्रिपाललगायतका राहत सामग्री वितरण 

गरिएको छ।  स्थानीय सरकारले समेत पहिरोपीडितका लागि तत्काल उद्धार र राहतको तयारी गरेका छन्। तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले पहिरोबाट विस्थापित बनेकालाई आफन्त र छिमेकीको घरमा आश्रय दिएर राखिएको जानकारी दिनुभयो।