• ६ वैशाख २०८२, शनिबार

बारामा टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

blog

दुर्घटनास्थल। तस्बिरः शिवशंङ्कर मिश्र

शिवशंङ्कर मिश्रा

बारा, वैशाख ५ गते। बारामा शुक्रबार टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा–४ बस्ने ५० वर्षीय जितनारायण प्रसाद साहको मृत्यु भएको हो। 

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको बा.०१–०२५ च ५०७६ नम्बरको कारलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो।  दुर्घटना पूर्व–पश्चिम लोकमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६  पुलमा भएको हो।

घटना भएपछि कारमा सवार शर्मा र साह दुबै जना गम्भीर घाइतेलाई ईलाका प्रहरी कार्यालय निजगढको टोलीले प्रसूति अस्पताल निजगढमा पु¥याउदा उपचारका क्रममा ज्यान गएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो।

टिपरका चालक फरार रहेको र खोजी भइरहेको बारा प्रहरीले जनाएको छ।