• २ पुस २०८२, बुधबार

एमाले महाधिवेशन : मतदान जारी (फोटो फिचर)

blog

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन मतदानका लागि लाम बसेका प्रतिनिधिहरु । तस्बिरः केशब गुरुङ

काठमाडौँ, पुस २ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन आज बिहानदेखि मतदान सुरु भएको छ । अध्यक्ष पदका प्रत्याशीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा बिहानै मतदान गर्नुभएपछि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । 

भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि प्रतिनिधिहरू मतदान गरिरहनुभएको छ । एक पटकमा ५० जनाले मतदान गर्न पाउने व्यवस्था एमाले केन्द्रीय निर्वाचन आयोगले मिलाएको छ । मतदान प्रक्रिया सकिन करिब चार बज्ने र आजै परिणाम आउने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । 

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।