भ्रूणको जन्मन पाउने अधिकार हनन हुनु नै मानव अधिकारको हनन हुनु हो । नैतिकता, इमानदारिता, सच्चरित्रता, सदाचारिता तथा वैधानिकता सबै समाजबाट हराउँछन् । सभ्यता, संस्कृति, स्वदेशाभिमानको ह्रास आउँछ भ्रूणहत्याले ।
मनुष्यको भू्रण आदिम अवस्था हो । यो बुझ्न जरुरी छ । हामीले जीव के हो भनेर बुझ्न सोच्न जरुरी छ, भू्रण हत्या गर्नुभन्दा पहिला । भ्रूणको शरीरको रचना वयस्क मनुष्यको जस्तै टाउको, ब्रेन, आँखा, कान, नाक, अनुहार, गर्धन, पेट, मुटु, कलेजो, फोक्सो, फियो, मुत्र तथा प्रजनन प्रणाली, हात, खुट्टा आदि सबै तीन÷चार महिनाभित्रै बनेका हुन्छन् । भ्रूणको जन्मन पाउने अधिकार हनन गर्नु हुँदैन । ब्रेनको लिम्बिक सिस्टम जसले सम्झना, मनोभावना भाव, सिक्ने कार्य आदि सबै भ्रूणले ४९ दिनभित्रमा नै गर्छ ।
दुई हप्तामा स्पष्ट देखिने मुटुको धडकन भ्रूणको आफ्नै रगतले नै हो । ४३ दिनमा अनुसन्धेय गरिएका भ्रूणका ब्रेन वेबले पनि भ्रूण पूर्ण मनुष्य हो । ४५ दिनमा आमाको पेटमा भ्रूण चल्छ । बाह्र हप्तामा भ्रूणका सबै अङ्गले काम गर्छन् । भ्रूणले आफ्नो बचाउको हर प्रयास गरेको हामीले डा. बेनार्ड नाथेन्सको करुण व्रmन्दन (दी साइलेन्ट स्व्रिmम) भन्ने फिल्ममा देख्न सक्छौँ । जब बच्चा गर्भमा बास लिन्छ, त्यसै दिनमा उचाइ, स्वभाव, मनोभाव र समस्त जीवन एउटै सेलमा रहेको हुन्छ । यदि गर्भिणी हुँदा राम्रो हेरविचार पु¥याएको छ, रक्सी, चुरोट, ड्रग्स र धेरै दुध पिएको छैन भने बच्चा सकुशल जन्मन्छ । अब उसलाई १८ वर्ष नपुग्दासम्म राम्रोसँग हेरविचार र राम्रो स्वस्थ खाना खुवाइएन भने ऊ कहिल्यै पनि पूर्ण क्षमतावान् मनुष्य हुन
सक्दैन । यो सानो बालकको आफ्नै प्रणाली छ । यहाँ सबैको आफ्नै महìवपूर्ण समय छ ।
अलौकिक शक्ति आत्मा
आमाका २३ र बाबुका २३ व्रmोमोजोमलाई संयोजन गर्ने परम अलौकिक शक्ति नै आत्मा हो । आत्माको चर्चा वृहदारण्य, छन्दोग्य, कठोपनिषद् र मुण्डक उपनिषद्मा विशेष रूपमा वर्णन पाइन्छ । ग्रीक दार्शनिकहरू पनि अर्थात् आफूलाई जान भन्दछन् । मान्छेको विराट् रूप र त्यसमा रहेको आत्मालाई बुझ्नेले भ्रूणलाई बुझ्छ । मानव शरीरका असङ्ख्य सेललाई संयोजन गर्न सक्ने परब्रह्म भ्रूणमा विराजमान छ । त्यसैले जसले नास्छ उसैको नाश निश्चित छ । ब्रह्महत्या र भ्रूणहत्याको प्रायश्चित छैन भन्छन्, हाम्रा प्राचीन मनीषिहरूले । भ्रूणमा चेतना हुने कुरा माथि नै ठाउँ ठाउँमा चर्चा गरियो । भ्रूणहत्यालाई हिन्दु, बौद्ध, इस्लाम, व्रिmश्चियन तथा पारसी धर्मले पनि महापातकी कुकृत्य मानेको छ ।
मानवता कता ?
सूचना प्रविधि, विज्ञान र जीव प्रविधि विज्ञानको दू्रत विकासले आजको मनुष्यले सबैभन्दा ठुला हाँकहरूको निरन्तर सङ्ग्राम बेहोर्नु परेको छ । समानता र स्वतन्त्रताका आधुनिक मूल्यमान्यतामा निकै डर धम्की देखा परेका छन् । यसको समाधानमा भूमण्डलीय सहयोगको खाँचो छ तर धर्म, संस्कृति राष्ट्रियताको वर्गीकरणले वैर भावना मनुष्यमा छ र भूमण्डलीय सहयोगको आशा गर्न सकिन्न । भौतिक शास्त्रका प्रोफेसर मिकियो काकुले ‘भविष्यको भौतिकशास्त्र’ भन्ने पुस्तकमा सोनोग्रामको प्रविधिको विकासले मुम्बईको एउटा भ्रूणहत्याको क्लिनिकमा आठ अजार भ्रूणहत्यामा सात हजार ९९३ बालिका रहेछन् । त्यस्तै चीन, दक्षिण कोरियामा पनि लिङ्ग छनोटको समस्या छ । दक्षिण कोरियामा तेस्रो जन्मने बच्चा ६५५ पुरुष हुन्छ । जोसुवा प्रागरको किताबमा लेखेको कुरा हो (सन् १९९२) यो २५ वर्षयता चार करोड बालबालिकाको भ्रूणहत्या अमेरिकामा भएको बताइएको छ । यो पृथ्वीमा भ्रूण एकतिहाइ जन्मनुभन्दा पहिला नै आमाको पेटमा मारिन्छन् । संसारभरमा प्रत्येक दिनमा जन्मने तीन लाख ५३ हजारमा करिब एक लाख २० हजार बालबालिका आमाको पेटमा नै हत्या हुन्छन् ।
अब भनौँ भ्रूण के हो भन्ने नै नबुझी हत्या गर्नु कदापि राम्रो होइन । मनुष्यमा विवेक, यथार्थ ज्ञान, सहनशीलता, क्षमा, सत्य, इन्द्रीयलाई नियन्त्रण गर्ने शक्ति, मनोनिग्रह तथा सुख–दुःख, सृष्टि–प्रलय, भय–अभय तथा हिंसा–अहिंसा, स्वधर्मको आचरण, दान, कीर्ति–अपकीर्ति, मनुष्यमा आउने दैवी गुण सबै ह्रास हुन्छन् । भ्रूणको जन्मन पाउने अधिकार हनन हुनु नै मानव अधिकारको हनन हुनु हो । नैतिकता, इमानदारिता, सच्चरित्रता, सदाचारिता तथा वैधानिकता सबै समाजबाट हराउँछन् । सभ्यता, संस्कृति, स्वदेशाभिमानको ह्रास आउँछ भ्रूणहत्याले । नारीवादीको नाउँमा भ्रूणहत्या बढाइएको छ । भ्रूण नारीको अरी होइन यो त परमानन्दको द्योतक हो । परमानन्द नै भगवान् हो ।
भ्र्ूणहत्याले निम्त्याउने खतरा
परिवार सभ्यताको आधार हो । भ्रूणहत्याले सभ्यताको आधारलाई नै खलल पार्छ । यस्तै भए अपाङ्गता भएका व्यक्ति वा असक्तलाई पनि हत्या गरे हुन्छ भन्ने आवाज आउन सक्छ । यसले बालहत्यालाई प्रोत्साहित गर्छ । आमा र बच्चाको अलौकिक सम्बन्धलाई नास्छ । बालहत्या र भ्रूणहत्यामा नीतिगत त्यस्तो सार्थक भिन्नता छैन । यस्तै संसारको सृष्टि सञ्चालन गर्न यौन प्रकृतिप्रदत्त वा दैवी गुण हो । यसले यौन दुर्गुण कस्मो, प्लेबोय, गे अर्थात् समलिङ्गीहरूको बिगबिगी समाजमा बढ्ने छ । मानसिक (यौन) रोगीका सङ्ख्या बढ्ने छन् । ड्रग्स सेवन बढ्ने छ । यौन शिक्षा सख्त जरुरत छ । यस्ता यौन विकृत नारीवादी बढेमा नारीहरूको पवित्रतामा नै घात पु¥याउने छन् । समाजमा धेरै किसिमका हिंसा बढ्ने छन् ।
नारी ममतामयी जननी हुन् । नारी आमा नबनी पक्का नारी हुन्नन् । नारी–योनीमा आउनु नारीले सृष्टि धान्न हो, प्रलय गर्न होइन । भ्रूणहत्या प्रलय निम्त्याउनु हो । यस धर्तीमाताका सबै मानिसलाई (आदमबाहेक) नारीले नै जन्माएको तथा पालनपोषण गरेकी हुन् । नारी जस्तो सोच्छिन्, जसरी तिनीहरूको जीवन चलाउँछिन् त्यस्तै भएर राष्ट्र चल्छ । यसै गरी आजका भ्रूण नै भोलिका बालबालिका हुन् । यिनै बालबालिका राष्ट्रका कर्णधार हुन् । यिनैलाई मारे के राष्ट्र बच्ला ? सबैले एक मिनेट ध्यान दिएर सोचाँै । सबै पवित्र आत्मा धारण गरेका महामानव तथा मनिषीहरूसँग निवेदन छ, यो सृष्टिको पहिलो बिहान भएको देशमा भ्रूणहत्या रोकौँ ।
यो धर्मको विषय पनि हो । संसारका सबै धर्मले जीवनलाई पवित्र रहस्यमय नै मानेका छन् । भ्रूणहत्या अधर्म र धर्मबिचको युद्ध चल्दै आएको छ । यो कुनै धार्मिक सम्प्रदायको मामिला होइन, समस्त मानव जगत्को मामिला हो । पृथ्वीमा भ्रूणहत्या बढ्नु एउटा तानाशाहको (हिटलर) र उनको डाक्टरको भनाइमा लाग्दा हो । गर्भपतन जस्तो ठुलो पाप अर्को छैन । भ्रूणहत्या गर्नेलाई ब्रह्महत्या गर्नेलाई भन्दा दुई गुणा बढ्ता पाप लाग्छ । भ्रूणहत्याले अति जीविततामा नै खतरा उत्पन्न गरेको छ । सर्भाइभलमा आजको विज्ञानको चमत्कारले मन्द विष दिएर वा कडा विष दिएर खतरामा पर्ने दोसाँधमा छ । कृत्रिम मनुष्य उत्पादन गर्ने, क्लोनिङ, आमहत्या बढाएर, इयुजेनिक्स, इथ्नुसिया, बालहत्या, मानव अङ्गका व्यापार, कृत्रिम गर्भाधान आदिले पनि मनुष्यको अति जिविततामा खतरा आउँछ । भ्रूणहत्याले हाम्रो न्याय निसाफको विवेक बुद्धिलाई नै अप्रचलित तुल्याउन सक्छ । भ्रूण पूर्ण निर्दोष मनुष्य हो, उसले यस धर्तीमा जन्मन पाओस्, न्याय पाओस्, खुसीसँग खेल्न पाओस् । भ्रूणहत्याले देशमा शान्ति हुँदैन । भ्रूणहत्याले महिलाको शारीरिक, मानसिक स्वास्थ्यमा ठुलो क्षति पु¥याउँछ । जनसङ्ख्यामा लैङ्गिक सन्तुलन हुन्न । बालबालिकाको असन्तुलनले राष्ट्र असन्तुलन हुन्छ । बालिकाको सङ्ख्या घट्दा युवकहरूले विवाह गर्ने युवती नपाउन सक्छन् । युवा बिदेसिन्छन् । देशमा उपयोगिता तथा
जीविकाका सामान सबै विदेशी हुन्छन् । व्यापार गर्ने पनि तिनै विदेशी हुन्छन् । धनी पनि तिनै विदेशी हुन्छन् । यहाँका युवतीहरू पनि तिनै विदेशीसँग विवाह गर्छन् । नेपालमा नेपालीको भन्दा जनसङ्ख्या विदेशीको भएपछि देश कहाँ रहन्छ ?
सचेतना आवश्यक
गर्भपात गर्दा महिलाहरूलाई हुने खतरा पूरै बताउनु पर्छ । गर्भाशय छेदित हुन्छ । पुनः बच्चा नरहन सक्छ । अत्याधिक रक्तस्रावले आमाको मृत्यु हुन सक्छ । मासिक धर्म खराबी, कम्मर दुख्ने रोग लाग्न सक्छ आदि आदि । एउटा बालकलाई सबल सशक्त विशेष व्यक्तित्वको व्यक्ति बनाउन आमाको महìवपूर्ण भूमिका रहन्छ । सबैले पूर्ण सहयोग गर्नु पर्छ । सरकारले सुत्केरी महिलालाई एकबर्से तलबी बिदा दिनु पर्छ । सन्तान दुई वा तीनमा सीमित राख्न उचित हुन्छ । गर्भनिरोधका अनेकौँ उपाय हुँदा हुँदै गर्भपतनलाई परिवार नियोजनका रूपमा हेरिनु अमानवीय मर्यादाशून्य कार्य हो । काम ऊर्जालाई मानवीय कार्यमा सञ्चालन गर्नु पर्छ । जस्तै विद्या आर्जनमा पहिलो २५ वर्ष । अर्थ आर्जन र सन्तान उत्पादनमा दोस्रो २५ वर्ष । तिनकै हेरचाहमा अर्को २५ वर्ष । बाँकी जीवन इन्द्रीय संयममा रहनु राम्रो हुन्छ । त्यसैले हाम्रा सिद्ध पुरुषहरूले भनेका छन् ‘योगश्चित्तवृत्तिनिरोध’ । अन्त्यमा कवि शिरोमणि लेखनाथ पौड्यालको यो भनाइ अत्यन्त मार्मिक छ :
चिन्ता छ के पालिनुको तँलाई ?
पाल्न्या छ विश्वम्भर खुवाइ पियाइ ।
यस्तो नहुन्थ्यो त किन फेरी पैले
दूध बन्दछ बालकका करैले ।।