• १८ असार २०८१, मङ्गलबार

टिपर दुर्घटनामा दुईको मृत्यु

blog

सचिन पोख्रेल

बिराटनगर, साउन ३१ गते । उदयपुरको कटारी नगरपालिका ८ स्थित कुरिभन्ज्याङमा मंगलबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार, कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदैगरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । 

दुर्घटनामा परी कटारी –८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र ४० वर्षीय मिरचिङकान्छा मगरको मृत्यु भएको छ । दुर्घटनामा परी कटारी –८ कै ४० वर्षीय चन्द्रबहादुर मगर घाइते भएका छन् । घाइते मगरको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

सिमेन्ट बोकेर जाँदैगरेको टिपर उकालो चढ्न नसक्दा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताउनुभयो । दुर्घटनापछि टिपर चालक कटारी–११ का घु्रव बस्नेत फरार छन् । चालकको खोजी भइरहेका प्रहरीले जनाएको छ ।