• १८ असार २०८१, मङ्गलबार

कर्णालीमा धार्मिक मेला शुरु

blog

जुम्लाको वाँसीमालिकामा तीर्थालुको घुइँचो । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, साउन ३१ गते । कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ । 

जानकारहरुका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा मेलाहरु शुरु हुने धार्मिक परम्परा अनुसार धार्मिक मेलाहरु शुरु भएका हुन् । धार्मिक आस्थाका जानकारका अनुसार जनैपूर्णिमा अर्थात रक्षा वन्धनका दिनबाट औपचारिक रुपमा मेला शुरु हुन्छन् ।  

धार्मिक अगुवा तथा चन्दननाथ भैरवनाथ गुठी संस्थान जुम्लाका अध्यक्ष पूर्णसिंह कठायतका अनुसार औपचारिक रुपमा मेलाहरु शुरु भएका छन् । मष्टोसहितका देवताका पुजाआजा शुरुवात गरिएको बताउनुभयो । यस क्षेत्रमा बाह्रभाइ मष्टो, वाविरा, महादेव, भैरवनाथ, कैलास, कालिका, मालिका, कालासिल्ला, ह्रयांग्रे लाखुडो, राहदेव, झ्यादेवसहितका दर्जनौ देउताको पुजाआजा हुनेगर्छ । 

देवताले दुखसुखमा साथ दिने विश्वासका साथ हरेक गाउँमा कुल पुजा गर्ने चलन छ । विभिन्न तीथिमा विभिन्न देवताको पुजा गरिदै आउने चलनले यतिवेला कर्णालीका धार्मिक स्थानमा मानिसहरुको भिड लाग्न शुरु गरेको छ । 

धार्मिक आस्थाअनुसार मन्दिर तथा थान बनाएर पुजा गर्ने, मन्दिरलाई नयाँ ध्वजापाताले सजाउने काम गरिन्छ । पुजाको दिनमा स्थानीयले नयाँ परिकारहरु बनाउने चलन रहेको हिमा गाउँपालिका १ निवासी तथा कालासिल्लाका देवताका पुजारी विरबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार कात्तिक पूर्णिमासम्म विभिन्न पुजाआजाहरु हुने गर्छन् । 

कर्णाली मष्टो परम्परासहित विभिन्न धार्मिक सभ्यताको केन्द्र मानिन्छ । यसलाई पर्यटकीय महत्वको बारेमा अझै विकास गर्न सकिएको छैन् । अहिले आन्तरिक पर्यटक मेलामा बढी आउँछन् । जुम्ला बजारमा नेवार समुदायले शुरुवात ग।प् सञ्चालन गर्दैआएको जात्रा समेत शुरु भएको छ ।