सानीभेरीमा र्याफ्टिङ सञ्चालन गरिने
रुकुमपूर्वको सानीभेरी नदीमा र्याफ्टिङ सञ्चालन गरिने भएको छ । सिस्ने गाउँपालिकाले आउँदो मङ्सिर महिनासम्ममा सानीभेरी नदीमा र्याफ्टिङ सञ्चालनमा ल्याउने भएको हो । अहिले र्याफ्टिङका लागि सिस्ने गाउँपालिका–६, धाउनेमा सानीभेरी नदीको किनारमा र्याफ्टिङका लागि टिकट घर निर्माण भइरहेको छ ।
घरमै पुगेर ज्येष्ठ नागरिकको कार्ड नवीकरण
ज्येष्ठ नागरिकको सहजता र सम्मान स्वरूप सामाजिक सुरक्षा भत्ता कार्ड घरघरमा पुगेर नवीकरण गर्ने कामको थालनी भएको महागढीमाई नगरपालिका–७ का वडाध्यक्ष शिवेन्द्रप्रताप सिंहले बताउनुभएको छ। उहाँले आफूले चुनावमा गरेको बाचा पूरा गर्दै घरघरमा पुगेर सेवा सुविधा प्रदानको थालनी गरेको जानकारी दिनुभयो।
बेचनको सालिक बेवारिसे
लहान नगरपालिका–३, अस्पताल चोकमा रहेको युवा नेता बेचन यादवको सालिक चिन्नै नसकिने गरी कुरूप देखिन थालेको छ। सालिकको संरक्षण हुनुपर्ने माग स्थानीयले गर्दै आइरहेका छन्। २०६४ सालमा अस्पताल चोकस्थित आफ्नै ‘सन्तोष लज’ बाट अपहरणको शैलीमा चोकदेखि दक्षिण रहेको झाडीमा लगेर अज्ञात समूहले यादवको हत्या गरेको थियो। हत्यारालाई कारबाहीको माग गर्दै लहानमा प्रदर्शन भएको थियो। उहाँको तेह्रौं दिनको पुण्यतिथिमा लहान भगवानपुर जाने सडकमा रहेको पार्कमा नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादव, पूर्वमन्त्री राजलाल यादव र गोपाल सेवा समितिको संरक्षक हरिनारायण यादवको उपस्थितिमा शोक सभा आयोजना गरी यादवको सालिक स्थापित गरिएको थियो।
वन्यजन्तु असर न्यूनीकरण प्राथमिकतामा : हात्तीका लागि ‘अन्डर पास’
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्दा वन तथा वन्यजन्तुमा पर्ने असर न्यूनीकरणमा प्राथमिकतामा राखिने भएको छ। झापामा हात्तीको आवतजावत बढी हुने मेचीनगर नगरपालिकाको चारआलीमा हात्तीको आवतजावतका लागि ‘अन्डर पास’ बनाइने भएको छ।
हिंसा रोक्न स्पष्ट योजना बनाउनु पर्छ
विपत् तथा आपतकालीन अवस्थाकाबेला लैङ्गिक हिंसा रोक्न विज्ञहरुको रायका आधारमा स्थानीय तहहरुले योजना बनाउनु पर्ने सरोकारवालाले बताउनुभएको छ । महिला मानव अधिकार रक्षक सञ्जालले धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले लैङ्गिक हिंसाविरुद्ध पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्दा विज्ञको राय लिनु पर्ने औंल्याएका हुन् । यसैगरी, यस क्षेत्रमा काम गर्ने सहयोगी हातहरुसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।
शीतभण्डार बनेपछि सहज
भेरीगङ्गा नगरपालिका–१० छिन्चु, झिलेमिलेमा शीतभण्डार बनेपछि पूर्वी सुर्खेतका किसानलाई बीउ तथा बिक्रीका लागि राख्ने उत्पादन भण्डारण गर्न सहज भएको छ । शीतभण्डार नहुँदा यहाँका किसान कोहलपुर तथा नेपालगञ्जका शीतभण्डार धाउनुपर्ने बाध्यता थियो । साना किसान कृषि सहकारी संस्थाले निर्माण गरेको दुई सय मेट्रिक टन क्षमताको साना किसान कोल्ड स्टोर सञ्चालन आएपछि विशेष गरी भेरीगङ्गा नगरपालिका, लेकबेँसी नगरपालिका, गुर्भाकोट नगरपालिका तथा यस आसपासका किसानलाई निकै राहत भएको छ ।
माछापालनका लागि चार करोड अनुदान
हिमाली जिल्ला सोलुखुम्बुमा माछापालन प्रवद्र्धनका लागि करिब चार करोड रुपियाँ रकम खर्च भएको छ । जिल्लाको विभिन्न स्थानमा ट्राउट माछापालनका लागि पछिल्लो चार आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुङ्गा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरबाट १२ वटा फार्मलाई तीन करोड ९६ लाख ५९ हजार रुपियाँ अनुदान वितरण गरिएको हो ।
गमगाढमा बाढी आउँदा बालैगाउँमा खुसियाली
वर्षाको समय गाउँ छेवैको नदीमा बाढी आउँदा निकै खुसी हुन्छन्। धमिलो पानी छचल्किँदो छाल झन्डै वारपार गर्दै उर्लिंदै आउँछ गमगाढखोला। यही धमिलो पानीमा यहाँका समुदाय निकै खुसी हुन्छन्। गमगाढले माथिबाट आफ्नो बेगसँगै छेउकुना हान्दै बालुवा ल्याउँछ। हुल्का–हुल मानिस खोलामा पस्छन्। गमगाढले पनि मसिनो र राम्रो बालुवा छेउछेउमा ल्याएर छाड्छ।
लुम्बिनी प्रदेश सरकार वर्ष दिनमा बाउन्न उपलब्धि
लामो राजनीतिक उतारचढावबीच तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको बहिगर्मनपछि बनेको वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले एक वर्षमा ५२ वटा महìवपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । २०७८ साउन २८ गते लुम्बिनी प्रदेश सरकार परिवर्तन भएको थियो । त्यसलगत्तै असोज २० मा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट कार्यान्वयनमा ल्याउनुु, आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर र राष्ट्रिय कुल गार्हस्थ्यमा १४.१ प्रतिशत योगदान रहनुुलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ ।