• १९ असार २०८१, बुधबार

घरमै पुगेर ज्येष्ठ नागरिकको कार्ड नवीकरण

blog

बारा समाचारदाता

बारा, साउन ३१ गते । ज्येष्ठ नागरिकको सहजता र सम्मान स्वरूप सामाजिक सुरक्षा भत्ता कार्ड घरघरमा पुगेर नवीकरण गर्ने कामको थालनी भएको महागढीमाई नगरपालिका–७ का वडाध्यक्ष शिवेन्द्रप्रताप सिंहले बताउनुभएको छ। उहाँले आफूले चुनावमा गरेको बाचा पूरा गर्दै घरघरमा पुगेर सेवा सुविधा प्रदानको थालनी गरेको जानकारी दिनुभयो। 

ज्येष्ठ नागरिकको सहजता र सरलताको लागि घरदैलो कार्यक्रममार्फत कार्ड नवीकरण प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो। “वडा कार्यालयमा आएर कार्ड नवीकरण गराउन सक्ने क्षमता सबै ज्येष्ठ नागरिकमा हुँदैन्। सबै कुरालाई मध्यनजर गरी घरघरमा पुगेर उहाँहरूको कार्ड नवीकरण गर्ने योजना ल्याएका हौँ,” उहाँले भन्नुभयो। 

बेनौली, तेलागई र तेलकुअवा गाउँका अपाङ्गता भएका, ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, बाल पोषण, आदिवासी जनजातिको गरी लगभग डेढ सय सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिएको उहाँले जानकारी दिनुभयो।