• १९ असार २०८१, बुधबार

सामुदायिक भवन उदघाटन

blog

सामुदायिक भवनको उदघाटन गर्नुहुँदै शहरी बिकास मन्त्री मेटमणि चौधरी । तस्वीर : सलिम मिया

सलिम मियां

बिजुवार (प्यूठान), साउन ३१ गते । संघीय शहरी बिकासमन्त्री मेटमणि चौधरीले प्युठानको स्वर्गद्वारी नगरपालिका  ५ सारीमा निर्माण भएको सारी सामुदायिक भवनको उदघाटन गर्नुभएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना दाङको ४ करोड २६ लाख रुपियाँ सहयोगमा निर्माण भएको पाँच कोठे सामुदायिक भवनको मन्त्री चौधरीले मंगलवार उदघाटन गर्नुभएको हो । 

सो अवसरमा मन्त्री चौधरीले नयाँ शहर बनाउने लक्ष्यसहित आफू अगाडि बढिरहेको चर्चा गर्नुभयो । प्युठान जिल्लालाई सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने पनि उहाँले प्रतिवद्धता गर्नुभयो । 

प्रसस्त पर्यटकीय सम्भावना बोकेको धार्मिकस्थल स्वर्गद्वारी प्युठानमा रहेको भन्दै संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो । सवै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने मन्त्री चौधरीको धारणा छ ।