• ८ वैशाख २०८२, सोमबार

शैक्षिक आन्दोलनबाट घर फर्किएका शिक्षकको दुर्घटनामा परी निधन

blog

सवारी दुर्घटनामा परी मनाङ जिल्ला नासोँ गाउँपालिका–८ ताचै निवासी मन घले । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, वैशाख ८ गते ।
शिक्षक आन्दोलनमा आएका मनाङको एक शिक्षकको सवारी दुर्घटनामा परी निधन भएको छ । मनाङ जिल्ला नासोँ गाउँपालिका–८ ताचै निवासी मन घलेको निधन भएको हो । माइक्रो बसमा सवार गम्भीर घाइते घलेको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घले ताचैस्थित जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक महासङ्घ मनाङको सदस्य हुनुभएको थियो । शिक्षक आन्दोलन २०८२ को १८औं दिनसम्म सहभागी भई यही ७ गते आइतबार काठमाडौँबाट मनाङ फर्कने क्रममा तनहुँमा सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

आन्दोलनरत शिक्षक महासङ्घले घलेलाई शैक्षिक सहिद घोषणा गर्न माग गरेका छन् । साथै आश्रित परिवारको शिक्षादीक्षा, पालनपोषण र तत्कालीन राहतका लागि महासङ्घले आर्थिक सङ्कलन अभियान आरम्भ गर्न अनुरोध गरेको छ ।