• ८ वैशाख २०८२, सोमबार

प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाह

blog

कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : मुख्यमन्त्रीको सचिवालय

अविनाश चौधरी
धनगढी, वैशाख ८ गते ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातान्त्रिक आन्दोलनमा महिलाले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभएको छ ।

नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले सोमबार टिसिएनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान अवस्थामा हरेक क्षेत्रमा महिलाको सहभागिता बढिरहेको बताउनुभयो । मुख्यमन्त्री शाहले महिलालाई अगाडि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

यसैगरी, उहाँले लोकतन्त्र संस्थागत गर्न पनि महिलाले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ । प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गरेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यमा जनजाति समुदायका महिलालाई अवसर प्रदान गरेको छ ।” 

नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।