यात्रु बनेर मुख्यमन्त्री सिंहद्वारा लाइन होटलको अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यात्रु बनेर बिहीबार राति धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा रहेका लाइन होटलको अनुगमन गर्नुभएको छ ।
आगलागीबाट सात घर जलेर नष्ट
रौतहटको गरुडा नगरपालिका-४ तरकारी बजारमा आगलागी भएको छ ।
कागजमा सरकारी विद्यालय, बिजुलीको पोलमा साइनबोर्ड
सप्तरीको रूपनी गाउँपालिका–४ स्थित पम्प नहरको डिलमा रहेको एउटा बिजुलीको पोलमा ‘श्री राष्ट्रिय प्राथमिक विद्यालय, विष्णुपुर गाउँपालिका १ खुरहुरिया (उत्तर टोल), स्थापना २०६७’ अङ्कित
गणतन्त्र सवलताको लागि खबरदारी आवश्यक : मन्त्री लेखी
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गणतन्त्र सवल भए मात्र पत्रकारिताको सफलता हुने भएकाले सञ्चार क्षेत्रले खबरदारी गरिरहनु पर्ने आवश्यक रहेको बताउनुभयो ।
गौर प्रवेशद्वार निर्माण अलपत्र
गौर चन्द्रनिगाहपुर सडक खण्ड सडक डिभिजन चन्द्रनिगाहपुरको अधिकार क्षेत्रभित्र पर्ने र डिभिजनको अनुमति बगेर नगरपालिकाले कार्य प्रारम्भ गरेकोले डिभिजनले रोक्का राखेको सडक डिभिजन चन्द्रनिगाहपुरका डिभिजन प्रमुख इन्जिनियर अरुण कुमार लाल कर्णले बताउनुभयो ।
तीन वर्षअघि गरिएको वारुणयन्त्र खरिदको निर्णय कार्यान्वयन हुन सकेन
तीन वर्षअघि जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाका सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भनि गरेको निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
भारतीय तरकारी आयातपछि नेपाली उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित
आफ्नो उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् ।
कागजमा मात्रै सञ्चालित श्री राष्ट्रिय प्राथमिक विद्यालय
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था कहाली लाग्दो छ । विद्यालय को कक्षा कोठामा ढोका छैन भने खानेपानी र शौचालय लगायतका पूर्वाधार केही पनि छैन ।
धनुषामा बर्सेनि बढ्दै चैते धानको उत्पादन
धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
कलभर्ट बनाउन खनेको खाल्डोमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आगलागीबाट १५ लाखको क्षति
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर ५ गङ्गाजलीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।
सिटी स्क्यान बिग्रिएपछि सेवाग्राही मर्कामा
४५ वर्षीय राजेशप्रसाद चौहान टाउकोमा चोट लागेपछि वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आउनुभयो । ओपिडीको टिकट काटेपछि डा. उमेश कुशवाहासँग परीक्षण गराउँदा टाउकोको सिटी स्क्यान गर्न लेख्नुभयो । सो अस्पतालमा सिटी स्क्यान नहुँदा निजी अस्पतालमा जान भनियो । अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन रहेको सुनेका चौहानले अचम्मित हँुदै सोधखोज गर्दा विगत तीन महिनादेखि सिटी स्क्यानले काम नगर्दा बिरामीलाई समस्या भएको थाहा पाउनुभयो ।
गर्मीसँगै उखु जुस व्यापारीको आम्दानी बढ्दै
तराई मधेसमा बिस्तारै गर्मी बढ्दै गएको छ । मौसम परिवर्तन, जलवायु परिवर्तनको असरका कारण अघिल्ला वर्षभन्दा पछिल्ला वर्षहरू निरन्तर ताता हुँदैछन् ।
चार रुपियाँमै गोलभेँडा
सर्लाहीका किसानलाई आफूले उत्पादन गरेको गोलभेँडा बिक्री नभएर समस्या पर्न थालेको छ ।
ढकमक्क फुलेको फूल
सर्लाहीको धन्कौल गाउँपालिका–१, सेखौनामा किसानले गरेको सयपत्री फूलखेतीमा ढकमक्क फुलेको फूल । फूलखेतीबाट राम्रो आम्दानी हुने किसान बताउँछन् ।
बारामा ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन
चालु आर्थिक वर्ष ०८१-८२ मा बाराका कृषकहरुले ११ हजार मेट्रिकटन तेलहन बाली उत्पादन गरेका छन् ।
शैक्षिक सुधारकाे माग गर्दै वडाध्यक्ष धर्नामा
धनुषाको सबैला नगरपालिका–११, का वडाध्यक्ष सरोजकुमार यादव ४४ दिनदेखि धर्नामा बसिरहनुभएको छ ।
पोखरी र खानेपानी ट्याङ्कीको सौन्दर्य
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा बरूण सरोवरको पूर्वी डिलमा अवस्थित खानेपानीको ट्याङ्की ।
ट्रक दुर्घटनामा चालक घाइते
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बागवानी जङ्गलमा ट्रक पल्टिँदा चालक घाइते भएका छन् ।
वैदेशिक रोजगारीको क्रममा एकको मृत्यु
जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर ४ का २३ वर्षीया रोशनकुमार यादवको वैदेशिक रोजगारीको क्रममा मृत्युु भएको छ । वैदेशिक रोजगारीका लागि २० दिन अघि कतार गएको यादवको रोजगारीकै क्रममा यही चैत ६ गते मृत्युु भएको गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले बताउनुभयो ।
वीरगञ्ज महानगरद्वारा ३३ करोड ५६ लाख राजस्व सङ्कलन
वीरगञ्ज महानगरले चालु आर्थिक वर्षको आठ महिनामा रु ३३ करोड ५६लाख ८७ हजार सात सय ७८ राजस्व सङ्कलन गरेको छ ।
करेन्ट लागेर किसानको मृत्यु
सर्लाहीको बलरामा मङ्गबार दिउँसो करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । उखु खेतीमा विद्युतीय मोटर चलाएर पानी लगाउने क्रममा करेन्ट लागेर बलरा नगरपालिका –४, का ६५ वर्षीय गणेशप्रसाद सिंहको मृत्यु भएको हो ।
एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित
एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट चिटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजारसहित सम्मान
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेर विवाह गर्ने १३ जना छोरीलाई सम्मान गरेको छ ।