मधेस प्रदेशका मुख्यमन्त्री सिंहले असार २१ गते विश्वासको मत लिने
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही असार २१ गते विश्वासको मत लिनुहुने भएको छ ।
चट्याङ लागेर एकको मृत्यु
सर्लाहीको बागमतीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
अधिकांश क्षेत्र जलमग्न, पूर्व–पश्चिम राजमार्गमा बाढी
शुक्रबार बिहान भएको भारी वर्षापछि सर्लाहीको अधिकांश क्षेत्र जलमग्न भएको छ । बिहान २ बजेदेखि ९ बजेसम्म लगातार परेको पानीपछि दर्जनौँ बस्ती डुबानमा परेका छन् । पानीको निकास नदिई सडक निर्माण गरिँदा अधिकांश ठाउँमा डुबानको समस्या देखिएको हो ।
प्रदेश सरकारले गोरखापत्रसँग सहकार्य गर्ने : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले आगामी दिनमा गोरखापत्र संस्थानसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
सिराहामा रासायनिक मलको पर्याप्त मौज्दात
यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो ।
पहिलो प्राथमिकतामा किसान
महागढीमाई नगरपालिका बाराको केन्द्रमा छ । प्रसिद्ध गढीमाताको नामले यस पालिकाको नामकरण गरिएको हो । पूर्वबारागढी गाउँपालिका, पचरौता नगरपालिकासँगै पूर्व र उत्तरमा करैयामाई गा
‘मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि’
मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्बरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनुभएको छ ।
धनुषाको बटेश्वरमा आँप मेला हुने
धनुषाको बटेश्वरमा आँप मेलाको आयोजना गरिने भएको छ । स्थानीय आँपको प्रवर्द्धन गर्न बटेश्वर गाउँपालिका–१, चित्रपुरस्थित स्वास्थ्य चौकी नजिक आँप मेलाको आयोजना गरिने भएको हो ।
कलाकारले गरे आत्मसम्मानको बोध
मधेश प्रदेशभित्रका भाषा, साहित्यकार, सङ्गीतकार, नाट्यकर्मी र लोकसंस्कृतिकर्मीले पहिलो पटक आत्मसम्मानको बोध गरेका छन् । तीन दशकदेखि लोकगायन क्षेत्रमा लाग्नुभएका
कोदालो प्रहारले एकको मृत्यु
महोत्तरीको औरही नगरपालिका –४ कबिलासामा देवरको सांघातिक आक्रमणले भाउजूको ज्यान गएको छ । प्रहरीका अनुसार घर बनाउने बिषयमा बुधबार साँझ साढे ५ बजेतिर विवाद चर्कदा देवर रामजतन यादवले कोदालो प्रहार गर्दा ५० वर्षीया भाउजू रीतादेवी यादवको मृत्यु भएको हो ।
पर्यटन क्षेत्रको विकासले मधेश सम्पन्न हुन्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको पर्यटन क्षेत्रको विकास भएमा समग्र प्रदेशको विकासमा कायापलट हुने धारणा राख्नुभएको छ ।
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ ।
तोकिएकै समयमा १६ पालिकामा बजेट
१८ वटा स्थानीय तह रहेको रौतहटमा १६ वटा पालिकाले निर्धारित मितिमा नै बजेट प्रस्तुत गरे पनि एउटा पालिकामा भने नगर सभा बिथोलिएको छ ।
मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ ।
सम्झौता विपरीत नदीजन्य पदार्थ उत्खनन गरिएको छानबिन समितिको निष्कर्ष
जिल्ला प्रशासन कार्यालय धनुषाले गठन गरेको छानबिन समितिले बडहडी खोलामा अनधिकृत उत्खनन गरी ठेकेदारले अनियमितता गरेको निष्कर्ष निकालेको छ ।
आमसञ्चार प्राधिकरणद्वारा गतिविधि सार्वजनिक
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले कार्यालयको गतिविधि सार्वजनिक गरेको छ । प्राधिकरणले मंगलबार जनकपुरधाममा एक कार्यक्रम आयोजना गरी तीन आर्थिक वर्षको गतिविधि सार्वजनिक गरेको हो ।
प्राचीन मठेश्वरनाथ मन्दिरको पहिचान गर्न अवशेष उत्खनन गरिँदै
पुरातत्त्व विभागले धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन सुरु गरेको छ । विभागका पुरातत्त्व विद प्रकाश दर्नालसहित तीन सदस्य टोलीले असार ७ गतेदेखि सो प्राचीन मन्दिर भनिएको स्थानको अवशेष उत्खननमा जुटेको हो ।
मिथिला भोजन अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य छ : सेफ सन्तोष
स्वादिष्ट एवं सन्तुलित भोजन ‘मिथिला भोजन’ अन्तर्राष्ट्रियकरण गर्ने मुख्य उद्देश्य रहेको बिबिसीका सेफ सन्तोष साहले बताउनुभएको छ। मिथिलाको मौलिक परिकारको स्वाद विश्वमा प्रख्यात भएपछि यसले देशको आर्थिक आयआर्जन समेत बढाउने उहाँको विश्वास छ ।
नगरपालिकाको फाँटमा नगरप्रमुखबाटै तालाबन्दी
महोत्तरीको जलेश्वर नगरपालिकाको विभिन्न फाँटमा कार्यवाहक नगरप्रमुखले नै तालाबन्दी गरेका छन् । चार दिन पहिला मात्रै कार्यवाहक नगरप्रमुख बन्नुभएका रवीन्द्र यादवले प्रमुख प्रशासकीय अधिकृतला
पेस्तोलसहित एक जना पक्राउ
प्रहरीले सर्लाहीको चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइनबाट
नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।
बर्दिबास नगरपालिकाको बजेट एक अर्ब १२ करोड
बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि एएवम् अर्ब १२ करोड बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा सोमबार आयोजित १४ औँ नगर सभामा उपप्रमुख तारादेवी महतोले एक अर्ब १२ करोड ९५ लाख रुपियाँका अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिने
‘समग्र विकास समृद्ध नगर’ को अवधारणासहित बर्दिबास नगर सभाले आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम ध्वनि मतले पारित गरेको छ।
मधेश सरकार सञ्चारमैत्री छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको वर्तमान सरकार सञ्चारमैत्री रहेको बताउनुभएको छ ।