• १९ चैत २०८१, मङ्गलबार

जनताले लडेर ल्याएको संघीय गणतन्त्र कसैले खोस्न सक्दैन : मन्त्री भण्डारी

blog

औरही नगरपालिका सेहृा बैरियामा नवनिर्मित विद्यालय भवनको उद्घाटनपछि सम्बोधन गर्नुहुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी।तस्बिरः रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १० गते। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आफैंले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनता स्वयंम् सिपाही भएर उभिएकाले यो अधिकार कसैले खोस्न नसकने बताउनु भएको छ।

मन्त्री भण्डारीले महोत्तरीको औरही नगरपालिकाको विभिन्न वडामा निर्माण सम्पन्न भएका संरचनाकोे आइतबार उद्घाटना गर्नु हुँदै सो कुरा बताउनु भएको हो।

उहाँले देशमा जुन किसिमको फरक भाष्य र परिस्थिति खडा गरि जनताले लडेर ल्याएको व्यवस्था र अधिकारलाई कुण्ठित गर्न ‘धमिलो पानीमा माछा मार्ने’ दुष्प्रयास भइरहेको भए पनि त्यो सफल नहुने दाबी गर्नुभएको हो ।     

उहाँले नेपाली जनताले ल्याएको यो व्यवस्था स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मधेश आन्दोलन र मधेशी जनता भएको पनि स्मरण गराउनुभयो।आफूले लडेर बलिदान दिएर ल्याएको यो अधिकार रक्षाका लागि मधेशी जनता पनि सिपाही भएर उभिएकाले दुष्प्रचारको भ्रममा नपर्न आग्रह गर्नुभयो।

राष्ट्रको करोडौ खर्चमा सम्पन्न नयाँ संरचनाबाट स्तरीय पठनपाठन र प्रभावकारी सेवा प्रवाहित हुने स्थानीयल अपेक्षा गरेका छन्।