• १३ चैत २०८१, बुधबार

ब्यारेजभित्र सडेको शव फेला

blog

जनार्जन खत्री

सर्लाही, चैत ११ गते । सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको बलरामा बेवारिसे पुरुषको शव फेला परेको छ । बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा ब्यारेजमा पहिचान खुल्न नसकेको व्यक्तिको शव फेला परेको हो । 

नाम, ठेगाना खुल्न नसकेको पुरुषकाे सिँचाइका लागि बनाइएको ब्यारेजभित्र मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले जानकारी दिनुभयो । 

स्थानीय गाउँलेले ब्यारेजभित्र सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ । 

बक्स पाइन्ट र टि–सर्ट लगाएका पुरुषको शव सडिसकेकाले हुलिया खुलाउन समेत समस्या परेको प्रहरी निरीक्षक सिंहले बताउनुभएको छ । उहाँले शवको पहिचान खुलाउन मातहतका प्रहरी युनिटमा पत्राचार तथा नजिकका गाउँमा सोधखोज गरिरहेको जानकारी दिनुभयो ।