• १९ असार २०८२, बिहिबार

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

blog

काठमाडौँ, असार १८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग युएई सरकारको उमोलेट सेक्युरिटी प्रिन्टिङ प्रेसका प्रतिनिधिले भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटघाटमा सञ्चारमन्त्री गुरुङले नेपालको सुरक्षण मुन्द्रण केन्द्रको अवस्था र भावी योजनाबारे बताउनुभयो । उहाँले तीन वर्षदेखि कार्यालय प्रमुखविहीन रहँदै आएको सुरक्षण मुद्रण केन्द्रलाई आफू मन्त्री भएपछि कार्यकारी निर्देशक नियुक्ति गरेर छापा प्रक्रिया सञ्चालन गर्न लागिएको बताउनुभयो । झण्डै रु छ अर्बको बजेट योजना गराएर केन्द्रबाट पासपोर्ट, नागरिकतादेखि बैंक नोटसमेत छाप्ने योजना रहेको मन्त्री गुरुङले बताउनुभयो । 

हाल भने स्मार्ट ड्राइभिङ लाइसेन्स छाप्ने प्रक्रियामा रहेको पनि उहाँले सुनाउनुभयो । युएई प्रिन्टिङ प्रेसका जेनेरल म्यानेजरको समूहले भने नेपाल सरकारसँग सहकार्य गरेर छापा मेसिनमा सहयोग गर्नसक्ने धारणा राखेका थिए । यस विषयमा मन्त्री गुरुङ सकारात्मक भएको र समय आएपछि सहकार्य गर्ने वाचासमेत दिनुभयो ।