खरबुजाको व्यापार
धनुषा, वैशाख ९ गते । धनुषाको मिथिला नगरपालिका–८ जमुनीबाँसस्थित राजमार्ग छेउमा बिक्रीका लागि राखिएको खरबुजा। व्यापारीले कमला नदीको बगर, किसानपुर, नौसय विघा, पटेर्वालगायत क्षेत्रका किसानबाट खरिद गरेका खरबुजा प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। तस्बिरः रासस
स्रोत नखुलेको १० लाख नगदसहित एक पक्राउ
रौतहटबाट स्रोत नखुलेको १० लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार दिउँसो भारत बिहार जिल्ला मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पंचायत खरहा चैनपुर वडा नं. ८ ग्राम मुसहरीयाका २३ वर्षीय राज किशोर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रमले घरखर्च चलाउन सहज’
धनुषाको छिरेश्वरनाथ नगरपालिका–६, सखुवा बजारकी दुखनीदवी पासवान काम पाउँदा खुसी देखिनुभएको छ ।
आगलागीविरुद्ध सचेतना अभियान
सीमावर्ती मटिहानी नगरपालिका जरलहवा टोलमा सशस्त्र प्रहरीले स्थानीयको सहभागितामा आइतबार आगलागीसम्बन्धी चेतनामूलक कार्यक्रम गरेको छ । मुस्लिम समुदायको घना ब
मधेशमा डिडिसीको साझेदारी पसल
दुग्ध विकास संस्थान (डिडिसी) ले मधेश प्रदेशमा पहिलो पटक साझेदारी पसल सञ्चालनमा ल्याएको छ ।
मकै नङ्ग्याउन र छोडाउन मेसिन
आधुनिक कृषियन्त्रको उपलब्धता र प्रयोगले मकै खेती गर्ने किसानलाई ठुलो राहत पुगेको छ ।
पर्यटन विकास कार्यालय गौर दुई कर्मचारीको भरमा
रौतहटको गौरमा रहेको पर्यटन विकास कार्यालय दुई जना कर्मचारीको भरमा चलेको छ । ती दुईमध्ये पनि कार्यालय प्रमुख दरबन्दी अनुसार प्रशासनको उपसचिव नभएको कारण सेवा प्रवाहमा समस्या भइ रहेको स्थानीयको गुनासो छ ।
सप्तरीका दुई कार्यालयमा तालाबन्दी
योजनाको चिट्ठी सम्बन्धित वडा कार्यालयमा नपुगेको भन्दै शिक्षा विकास कार्यालय सप्तरीको कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ।
नयाँ कार्यालयले बढायो रोजगारी
अनेकन बाधा अवरोध र समस्या झेल्दै महोत्तरीको गौशाला बजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि साबिकका २० गाविसका करिब दुई लाख जनताले घरदैलोमै सेवासुविधा मात्र पाएका छैनन्, स्थानीय तहमा रोजगारीको अवसर पनि सिर्जना भएको छ ।
भारतबाट आएका ३९ जनामा मलेरिया
सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिनुुभयो ।
प्राथमिकतामा स्वास्थ्य क्षेत्रको सुधार
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले स्वास्थ्य क्षेत्रको सुधार मधेश प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सिराहा सदरमुकामस्थित प्रादेशिक अस्पतालको बिहीबार राति अनुगमन गर्ने क्रममा उहाँले यस्तो
बारामा टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बारामा शुक्रबार टिपरले कारलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बरहथवा नगरपालिका १५ हजरिया बस्ने ४६ वर्षीय नारायणहरि शर्मा र कार चालक सुन्दरपुर चोहरवा–४ बस्ने ५० वर्षीय जितनारायण प्रसाद साहको मृत्यु भएको हो।
आजदेखि कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७०औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङमा ‘कञ्चनजङ्घा हिरक महोत्सव–२०८२’ भव्य रूपमा आयोजना हुँदैछ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा हुन लागेको महोत्सव आजदेखि आइतबार [५ देखि ७ गते]सम्म सञ्चालन हुने छ ।
हनुमान जन्मोत्सवको शोभायात्रा प्रकरणमा पाँच जनामाथि मुद्दा दर्ता
वीरगन्जमा गत शनिबार आयोजित हनुमान जन्मोत्सवको शोभायात्रामा दुई समुदायबिच भएको झडपमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेको कसुरमा पक्राउ परेका पाँच जनामाथि राज्यविरुद्धको कसुर र आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ ।
ढल्केबरबाट विद्युत् आपूर्ति सुचारु
धनुषाको ढल्केबरमा रहेको देशकै सबैभन्दा ठुलो विद्युत् सब स्टेसनमा आगलागीका कारण अवरुद्ध भएको विद्युत् आपूर्ति सुचारु भएको छ ।
सातै प्रदेशका उपसभामुखको सम्मेलन धनुषामा सुरु
सङ्घीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बिहीबारदेखि धनुषाको लालगढमा सुरु भएको छ । मधेश प्रदेशसभा सचिवालयद्वारा आयोजित तीन दिने सम्मेलनमा उपसभामुखहरूको भूमिकासँगै नीतिगत सुधारका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ ।
बरहथवाका सबै अस्पताल अवैध, बन्द गर्न मुख्यमन्त्रीको निर्देशन
सर्लाहीको दक्षिण–पश्चिमी भेगको प्रमुख व्यापारिक केन्द्र बरहथवा बजारमा सम्पूर्ण निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
बालविवाह रोक्न सक्रिय किशोरकिशोरी नै जोखिममा
सर्लाहीको हरिपुर्वा नगरपालिका–९, निवासी नाम परिवर्तन १८ वर्षीया सिमा खातुन कक्षा १२ मा पढ्नु हुन्छ । उहाँ हरिपुर्वा नगरपालिका–५, मा रहेको श्री केश्वरगरिब जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ ।
सरकारले सुशासनको अपेक्षा पूरा गर्नुपर्ने
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन र सुशासनको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर
ट्याक्टरले खेत जोत्दै मधेशका महिला
परम्परागत रूपमा घरेलु काम र खेतको सामान्य श्रममा सीमित मधेशका महिला आधुनिक कृषिमा सव्रिmय भूमिका खेल्न थालेका छन् । रौतहटका महिला खेतमा काम गर्ने मात्र होइन ट्याक्टर चलाउँदै खेत जोत्ने काममा समेत होमिन थालेका छन् ।
मौसमी प्रतिकूलताले मह उत्पादनमा ह्रास
मौरी चरिचरनका लागि उर्वर क्षेत्र मानिएको महोत्तरीको जङ्गलमा प्रतिकूल परिस्थिति र जलवायु परिवर्तनको असरले मह उत्पादन घट्दै गएकोे छ । २०७९ सालमा दुई करोड मू
‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’
सिरहा, वैशाख ४ गते । गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका—३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुव्र्यवहार भयो । माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षिय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँड्नुभएको थियो । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरे । त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल हुनुभयो उहाँ तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए पनि चार महिनासम्म सदाय न्यायका लागि भौतारिनुभयो । चारैतिरबाट न्यायको आश मरेपछि अन्ततः मृत्यु नै अन्तिम विकल्प बनेर आयो । मङ्गलबार माइतीघरमै झुन्डिएको अवस्थामा उहाँ मृत फेला पर्नुभयो । “घट्ना घटेको दिन आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै रुँदै र कराउँदै घर आएकी थिइन्”, मृतककी भाउजू विनीतादेवी सदायले उक्त दिनको घटनाबारे भन्नुभयो, “उनको कम्मरमुनि सुरुवालको भाग धुजाधुजा पारी च्यातिएको थियो । हातको पाखुरामा चोट लागेको थियो । जीउको विभिन्न भागमा दाँतले टोकेको स्पष्ट डोबहरू थिए ।” आनन्दीदेवीलाई जबर्जस्ती करणीको प्रयास गर्ने दुई व्यक्तिले सुरुमा पैसा दिन्छाँै भन्दै ललाईफकाई प्रयाससमेत गरेको उहाँको भनाइ छ । “तीन हजार पैसा दिन्छौँ हामीसँग हिँड् भनेपछि नन्दले इन्कार गर्दै प्रतिकार गरेपछि श्यामले हातपात गर्दै घिसार्दै नजिकै रहेको परालको कुन्यूँमा लगे, अर्का पीडक सञ्जीवले मोबाइलबाट भिडियो खिचे । नन्दले यो कुरा मलाई सुनाउनुभएको थियो । उहाँ प्रतिकार गर्दै त्यहाँबाट उम्केर जसोतसो नन्द घर आइपुग्नुभयो, त्यतिबेला दिउँसोको करिब १ बजेको हुँदो हो”, भाउजू विनीतादेवीले भन्नुभयो । प्रहरीद्वारा जाहेरी दर्ता गर्न आलटालघटना भएको दिन आनन्ददेवीका श्रीमान् उमेश सदाय ससुराली घरमै हुनुहुन्थ्यो । श्रीमतीमाथि घटना घटिसकेपछि सोही दिन अर्थात् पुस ९ गते श्रीमान्सहित आनन्दीदेवीले महेशपुरस्थित पतारी प्रहरी चौकीमा आफूमाथि जबर्जस्ती करणीको प्रयास भएको भन्दै किटानी जाहेरी दिनुभएको थियो तर प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरेको मृतक आनन्दीदेवीका श्रीमान् उमेशले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले सुरुमा जाहेरी दर्ता गर्ने र पीडकमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो । यसको लामो समयसम्म प्रहरीबाट घटना सम्बन्धमा कुनै प्रतिक्रिया आएन । माघ ४ गते मात्रै प्रहरीले उक्त जाहेरी दर्ता भएको भन्दै एउटा कागजमा दर्ता नम्बरसहितको चिट दियो । फेरि त्यसको भोलिपल्ट पुनः कार्यालयमा बोलाएर उक्त दर्ता नम्बरको कागज हाम्रै सामुन्नेमा प्रहरी च्यातिदियो ।”यही क्रममा अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर मानवअधिकारकर्मीहरूको समूहले मार्च ६ तारिखका दिन नवराजपुरमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आफ्नो पीडा सुनाउन आनन्दीदेवी र उहाँकी आमा बिलटौनदेवी सदाय उपस्थित हुनुभयो। महेशपुर पतारी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रबिन मैनालीसमेत उपस्थित उक्त कार्यक्रममा पीडित आनन्दीदेवीले प्रहरीले आफूमाथि भएको घटनाको जाहेरी दर्तासमेत नगरेकोे बताएको मानवअधिकारकर्मी मुक्ति नेपालका अध्यक्ष देवकुमारी महराले जानकारी दिनुभयो । त्यसपछि जिल्लास्थित मानवअधिकारकर्मीको संयुक्त टोलीले घटनासम्बन्धमा चासो राखी प्रहरीलाई दबाब दिएपछि मात्रै जाहेरी दर्ता भएको उहाँको भनाइ छ । महराले भन्नुभयो, “घटनाबारे जानकारी पाउनासाथ हामीले तत्कालै प्रहरी निरीक्षक मैनालीलाई के कति कारणले जाहेरी दर्ता नभएको भनी प्रश्न ग¥यौँ । उहाँले तत्कालीन जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश पण्डितको ठाडो आदेशका कारण आफूले जाहेरी दर्ता नगरेको जवाफ दिउ । त्यसपछि हामीले जिल्ला प्रहरीमा दबाब सिर्जना गरेका कारण भोलिपल्ट जाहेरी दर्ता त भयो तर कुनै पनि अनुसन्धान प्रक्रिया अघि बढेन, जुन खेदजनक र निन्दनीय छ ।” घटना सार्वजनिक भइसकेको, पीडितले न्यायका लागि गुहारिसकेको अवस्था पनि प्रहरी प्रशासनले त्यसलाई गम्भीर रूपमा नदिएकाले ज्यान गुमाउन बाध्य हुनुपरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० नेपाल सिरहाका प्रतिनिधि दुर्गा परियार बताउनुहुन्छ । मानवअधिकारकर्मीको तीव्र दबाबका बीच पीडितलाई न्याय दिलाउन प्रहरीले उदासीनता देखाएको भए यस्तो अवस्था नआउने उहाँको बुझाइ छ । “पीडकहरू खुलेआम हिँड्डुल गर्दा पनि पक्राउ नपर्नुले र पीडितलाई न्यायको अनुभूति दिलाउन नसक्दा अप्रिय घटना घट्यो । यसको जवाफदेहिता अब कसले लिन्छरु”, परियारले प्रश्न गर्नुभयो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले गत फागुन २५ गते उक्त घटना सम्बन्धमा जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको जानकारी दिनुभयो । किटानी जाहेरी दिएको ७५ दिनपछि मात्रै मुद्दा दर्ता भएको देखिएको र यो घटना आफू जिल्लामा आउनुअघिको भएकाले किन त्यसो भएको हो भनेर बुझ्नुपर्ने उहाँको भनाइ छ । “गत फागुन २५ गते यस घटना सम्बन्धमा पीडितका तर्फबाट जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको रहेछ । पीडकहरुरू फरार छन् । पीडितमाथि यौन दुव्र्यवहारपश्चात् प्रहरीले मेडिकल जाँच र जिल्ला अदालतबाट पीडकविरुद्ध पक्राउ पुर्जी जारी गर्ने काम समयमै गरेको पाइन्छ । हामी अनुसन्धानकै क्रममा छौँ । बुधबार पीडित परिवारलाई भेटेर जानकारीसमेत लिएका छौँ”, प्रहरी उपरीक्षक शर्माले भन्नुभयो । घटना मिलापत्रको प्रयास कानुनअनुसार यस्तो घटनालाई मिलाउन पञ्चायती बस्न वा गाउँमै मिलापत्र गर्न मिल्दैन तर घटना मिलापत्र गर्न भन्दै पीडितलाई दबाब आएको परिवारले जनाएको छ । “प्रहरीले जाहेरी दर्ता गर्न आलटाल गरिरहेकै बेला घटनामा संलग्न व्यक्तिका आफन्त आएर रु एक लाख दिने र गाउँघरको घटना गाउँमै मिलाउनुपर्छ, बाहिर लैजानु हुँदैन भन्दै दबाब दिए । गरिबको पनि इज्जत हुन्छ । हामीलाई न्याय चाहिन्छ, पैसा होइन भन्ने जवाफ दियौँ तर न्याय पाइएन” भावुक हुँदै मृतककी भाउजू बिनीतादेवीले भन्नुभयो ।उहाँले कानुन बुझेका शिक्षक र कानुनको पालना गराउने र न्याय दिलाउने जिम्मेपवारीमा रहेका केह्री प्रहरी अधिकारीले पनि मिलापत्रका लागि दबाद दिएको परिवारको आरोप छ । मृतककी आमा बिलटौनदेवी सदायले भन्नुभयो, “कानुनको कार्यान्वयन गर्ने व्यक्ति र निकायबाटै छोरीमाथि घोर ज्यादती भएको छ । यस्तो ज्यादती गर्ने र पैसा नभएको व्यक्ति मुद्दा नलड्न भन्दै मिलापत्र गर्न उक्साउनेमाथि पनि अनुसन्धान हुनुपर्छ ।” यस्तै वडा नं ३ का अध्यक्ष वंशीलाल यादवले घटनामा जिम्मेवार निकायबाटै कमजोरी भएकाले पीडितले ज्यान गुमाउनु परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्नुभयो । गृहमन्त्रीद्वारा घटनाको सूक्ष्म छानबिन गर्न निर्देशनपछि प्रहरी सक्रिय पीडित आनन्दीदेवी मङ्गलबार झुन्डिएर मृत फेला परेपछि घटनाको सूक्ष्म रूपमा छानबिन गर्र्न गृहमन्त्री रमेश लेखकले प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । उहाँले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै प्रहरी महानिरीक्षक दीपक थापालाई फोन गरी घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । यस घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।रासस
देशमा भ्रष्टाचार बढेको यादवको आरोप
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा विकासको लहर हुनुपर्नेमा भ्रष्टाचार बढ्दै गएको आरोप लगाउनुभएको छ।
वीरगन्ज घटना : दोषीमाथि कारबाही गर्न मुख्यमन्त्री सिंहको निर्देशन
वीरगन्जमा हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा उत्पन्न तनाव र हिंसात्मक घटनाप्रति मधेश प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले दुःख व्यक्त गर्नुहुँदै दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।