डोम समुदायका लागि निर्मित ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन
सिरहा, वैशाख १३ गते । सिरहाको बरियारपट्टी–३ तिलैया मुसहर टोलस्थित निम्न आयस्तर भएका डोम समुदायका लागि मधेस प्रदेश सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत दुई वर्षअघि निर्माण गरिदिएको घरहरू सतप्रतिशत प्रयोगमा आउन सकेका छैनन् । सिरहाको दक्षिणतर्फ पर्ने हुलाकी सडकले विस्थापित भएका १५ डोम परिवारलाई सरकारले दुई वर्षअघि तीन कोठे पक्की घर बनाइदिए पनि सात घरपरिवारले उक्त घर प्रयोग गरेनन् । जसले गर्दा ती घरहरूमा अहिले झार पलाएको अवस्था छ । यस ठाउँमा जम्मा १८ डोम समुदायको परिवार छ । जसमध्ये लालपुर्जा भएका १५ परिवारको जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गरिएको कार्यक्रमका प्राविधिक रवीन्द्र यादवले बताउनुभयो । “तीन घर परिवारको लालपुर्जा नभएका कारण घर बन्न सकेको छैन”, उहाँले भन्नुभयो, “पालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा उनीहरू जान नमानेपछि समस्या भएको हो । बनेका घरहरू सम्बन्धित व्यक्तिलाई दुई वर्षअघि हस्तान्तरण गरिसकिएको छ ।” उहाँका अनुसार एक घर निर्माण गर्न जनता आवास कार्यक्रमले रू तीन लाख ३२ हजार अनुदानमा उपलब्ध गराएको थियो । यो कार्यक्रम सञ्चालन गरिँदा कतिपय डोम परिवारले जमिन खोज्दै घर निर्माण गर्नुभएको थियो । आफ्ना नाममा जमिन नहुनेहरूले अर्कासँग जमिन खरिद गरी घर निर्माण गर्नुभएको थियो । यिनैमध्येका एक हुन् कैला मरिक । बाटो, बिजुली, खानेपानीको सुविधा नभएकाले बस्न नसकेको मरिकको भनाइ छ । उहाँले भन्नुभयो, “अरू सुविधामा सरकारले बेवास्ता गरेका कारण उक्त घरमा नबसेर यही झुप्रोमा बस्नुपरेको हो ।” सरकारले घरसम्म जाने बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिए आफूहरू तत्कालै उक्त घरमा सर्ने उहाँले बताउनुभयो । पटकपटक उक्त घरमा सर्न आग्रह गरे पनि उनीहरू नमानेको वडाको भनाइ छ । वडा नं ३ का वडाध्यक्ष विनोदकुमार यादवले डोम परिवार बजार छोडेर वरपर जानै नमान्ने गरेको गुनासो गुर्नभयो । उहाँले भन्नुभयो, “यदी उनीहरू उक्त घरमा बस्ने सुनिश्चित भए वडाले तत्कालै बाटो, बिजुली, खानेपानीको व्यवस्था गरिदिन्छ । तर जाने निश्चित उनीहरूले गर्नुपर्छ । हामीले लगानी गरेर उनीहरू गएनन् भने वडाको लगानी पनि बालुवामा पानी सरह हुने भयो नि ।”वडाध्यक्ष यादवका अनुसार यहाँका डोम समुदाय बाँसबाट बुनेका सामग्री बनाउने र बजारमा बेच्ने हुँदा उक्त स्थान छोड्न नमान्ने प्रवृत्ति रहेको छ । हुलाकी सडक विस्तारको काम पुनः सूचारू हुँदा डोम समुदायले अहिले वसोबास गरिरहेको थातथलो पनि छोड्नुपर्ने अवस्था आउने र त्यो बेला उक्त घरहरू प्रयोगमा आउन सक्ने उहाँले बताउनुभयो । यहाँका स्थानीय जनता आवस कार्यक्रमले कतिपय घरहरू पूर्णरूपमा निर्माण नै नभई जीर्ण भएको भन्दै सरकारको लगानी बालुवामा पानीसरह भएको बताउँछन् । घर निर्माण भइसकेपछि केही डोम परिवार निकै हर्षित भए भने आधा दर्जन बढी घरहरू बेवारिसे र जीर्ण बने । यसको उपयोगिताको लागि पालिकाले ठोस पहल गर्नुपर्ने स्थानीयको माग छ ।
कागज उद्योगमा जम्दै मधेशका महिला
अब विस्तारै मधेशका महिला दिदिबहिनीहरुको दिनचर्या फेरिँदै गएको छ । चुलोचौका सिमित महोत्तरीका महिलाहरु कागज उद्योगमा जागिर गरिरहेका छन् । यसले गर्दा मधेशका महिलाहरुको जीवन फेरिएको छ ।
मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबिच भेट
धेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग विकास तथा सहयोगका लागि स्विस नियोग (एसडिसी) का डेपुटी चिफ अफ मिसन म्याथियास मेयरले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ ।
विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन
धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनबाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ । विष सेवनवाट गम्भीर हुनुभएकी आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा स्तनपान कक्ष स्थापना
जिल्ला प्रशासन कार्यालय रौतहटले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै कार्यालय हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ ।
सप्तरीमा गर्मीले जनजीवन प्रभावित
सप्तरीसहित तराई–मधेशमा दैनिक गर्मी बढ्दै गएको छ । वैशाख दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको हो ।
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण
लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख आशुतोष कर्णका अनुसार निर्माण सम्पन्न भएका पुलको ‘लोड टेस्ट’ हुन बाँकी छ । सप्तरीका सडक सञ्जाल विस्तार गर्न पुल निर्माण तीव्रगतिमा जारी छ ।
राजस्व बुझाउन हैरान खेप्दै गौरका सेवाग्राही
प्रवीण कुमार शर्मा रौतहट, वैशाख १२ गते । मालपोत कार्यालय गौर मार्फत सरकारलाई राजस्व बुझाउन आएका सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । मालपोत कार्यालय गौरले राजस्व बुझाउनका लागि सहज नबनाएपछि सेवाग्राहीले दिनभर धाएर बैङ्क पुग्नुपर्ने सास्ती खेप्नुपरेको हो । बजारमा दर्जानौ बैङ्क भए पनि ती बैङ्कसँग एउटा काउन्टर सञ्चालनको माग राख्न नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै तत्काल यो व्यवस्था गर्न माग गरेका छन् । दैनिक ५० देखि सय जना सेवाग्राही मालपोत कार्यालय पुगेर सास्ती भोग्दै आएको नागरिक समाजका अध्यक्ष विजय किशोर झाले बताउनुभयो । कार्यालयका हाकिम सेवाग्राहीको सहजताका लागि कुनै पनि चासो नदिएको उहाँको आरोप छ । बैंंकसँग अनुरोध गरे एक मिनेटमा हुने कामलाई यहाँका कर्मचारीले बेवास्ता गरेको उहाँको भनाइ छ । राज्यलाई राजस्व बुझाउने व्यवस्थामा बेवास्ता गर्ने हाकिमलाई सरुवा गरेर सक्षम हाकिम पठाउनुपर्ने स्थानीयको माग छ । मालपोत कार्यालयको कम्पाउन्डभित्र नै नापी कार्यालय पनि छ सँगै जिल्ला अदालत पनि तर बैङ्क भने टाढा छ । दुर्गा भगवती वडा नं. २ का रामचन्द्र दासका अनुसार कार्यालयमा बैङ्कको एक्सटेन्सन काउन्टर नहुँदा आफूलाई १० धुर जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराउन २ दिन लागेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “खरिद गरेको जग्गा पारित गराउन सबै प्रक्रिया पूरा गर्दा गर्दै ४ बज्यो , मालपोत दस्तुर जम्मा गर्न बैङ्क जाँदा बैङ्क प्रवेश गर्ने ढोका बन्द भइसकेकोले राजस्व जम्मा गर्न पाइएन , त्यही कारण भोलिपल्ट आएर काम गराउनु पर्यो ।” अर्का सेवाग्राही गौर वडा नं. २ का महदेव पासवानको पनि समस्या उस्तै छ । उहाँ कृषि कर्जाको लागि बैकमा जग्गा धितो राखेर ऋण लिने प्रयोजनको लागि आफ्नो जग्गा दृष्टि बन्धक गराउन मालपोत कार्यालय पुग्नुभयो । अन्य काम भए पछि रोक्का दस्तुर बुझाउन बैङ्कमा लामो लाइन बसेर राजस्व रकम बुझाइ फर्किदा मालपोत कर्मचारी कार्यालय समय सकेर घर गइसक्नुभएको थियो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गौरकै सेवाग्राहीलाई गौरमै रहेको कार्यालयबाट एउटा सेवा लिन दुई दिन लाग्यो ।”तर मालपोत कार्यालयका प्रमुख धर्मराज रोकायाले भने राष्ट्रिय वाणिज्य बैङ्कसँग अनुरोध गरे पनि सुनुवाइ नगरेको बताउनुभयो । राजस्व दाखिला गर्न सेवाग्राहीलाई दुःख दिनुमा बैङ्कको भूमिका रहेको उहाँको भनाइ छ । राष्ट्रिय वाणिज्य बैङ्क गौरका शाखा प्रबन्धक सुनिल भण्डारीले भने काउन्टर राख्न केन्द्रमा प्रस्ताव राखेको बताउनुभयो ।
उद्धार गरिएका बालक परिवारको जिम्मा
प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मधेश प्रदेश जनकपुरधामले भारतको रक्सौल बेतियाबाट उद्धार गरिएका १८ वर्षमुनिका नौ जना बालकलाई बिहीबार परिवारको जिम्मा लगाएको छ । राष्ट्रिय बालअधिकार परिषद् अन्तर्गत मधेश प्रदेशमा सञ्चालनमा रहेको केन्द्रले उक्त कार्य गरेको हो ।
भारतको रक्सौलबाट आठजना नेपाली किशोरको उद्धार
पर्साको वीरगञ्ज नाकासँग जोडिएको भारतको रक्सौलबाट आठजना किशोरको उद्धार गरिएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बिहीबार ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गर्मी छल्दै बालबालिका
सिराहाको लक्ष्मीपूर पतारी गाउँपालिकास्थित पतारी पोखरीमा प्रचण्ड गर्मी छल्न डुबुल्की मार्दै स्थानीय बालबालिका ।
दुर्घटनाका घाइतेलाई उद्धार गर्दा पर्दैन झमेला
सवारी दुर्घटनाका घाइतेलाई उद्धार गर्न धेरै मानिस हच्किने गरेका छन् । घाइतेलाई अस्पताल पु¥याउँदा कानुनी झमेलामा पर्ने डरले धेरैले सहायता गर्न चाहँदैनन् । जनकपुर–ढल्केबर सडकखण्डलगायतका स्थानमा भएका पछिल्ला केही दुर्घटनाले यस्तै देखाएको छ । धनुषास्थित जनकपुर–ढल्केबर सडकखण्डको राजदेवी मन्दिरनजिक मङ्गलबार बिहान टिप्पर दुर्घट
बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै
महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर पर्ने गृहिणी बर्खायामका लागि भन्दै यसको जोहो गर्न लागेका हुन् ।
यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन
बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
बाँसको पुल तर्न बिस रुपियाँ
सिराहा र धनुषा जिल्लाको सीमामा रहेको कमला नदी तर्न हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलचालकले ४० रुपियाँ तिर्नुपर्ने बाध्यता छ ।
बसको ठक्करबाट वृद्धाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–३, लालभित्ती चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो ।
स्मृति भवन निर्माणमा उच्च अदालतको रोक
जनकपुरधामको ऐतिहासिक गङ्गासागर पोखरीको पूर्वी डिलमा भइरहेको स्व. रामनारायण मिश्र स्मृति भवन निर्माण तत्काल रोक्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमा गम्भीर
धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५, बासुदेवपट्टीमा विष सेवनबाट तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक महिलाको अवस्थामा गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बाँसको पुल तर्न २० रुपियाँ
सिरहा र धनुषा जिल्लाको सिमानामा रहेको कमला नदी हुलाकी सडक भएर आउने जाने प्रत्येक मोटरसाइकलाई बाँसको पुल तर्न २० रुपियाँ लाग्छ।
एमाले गौर नगर अधिवेशन १८ वैशाखमा
नेकपा (एमाले) गौर नगर कमिटिको नवौँ नगर अधिवेशन वैशाख १८ गते हुने भएको छ । एमाले गौर नगर कमिटीको निर्णय अनुसार वैशाख १८ गते अधिवेशन हुने पालिका इन्चार्ज श्यामसुन्दर पटेलले बताउनुभयो ।
हात्ती धपाउन जाग्राम
सर्लाहीको हरिपुर र हरिवन नगरपालिकाका किसान हात्ती धपाउन रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली हात्ती आएर घोगा लागेको मकै खाने र कुल्चिएर नष्ट गर्न थालेपछि किसान मकै जोगाउन रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । हरिपुर नगरपालिका–१, हजारबिघा, हरिपुर नगरपालिका–२, सखुवामौजा र सानो जगतपुर तथा हरिवन नगरपालिका–५, घुर्कौली क्षेत्रमा तीन वटा जङ्गली हात्तीले किसानको मकै बालीमा क्षति पुु¥याइरहेका छन् ।
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
सदरमुकाम सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको जनाउँदै स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले तत्काल सुधारको माग गरेका छन् ।