• ६ वैशाख २०८२, शनिबार

सरकारले सुशासनको अपेक्षा पूरा गर्नुपर्ने

blog

तस्बिर : शिवशङ्कर मिश्र कांग्रेस महामन्त्री गगनकुमार थापा कार्यव्रmमलाई सम्बोधन गर्नुहुँदै ।

कलैया समाचारदाता

बारा, वैशाख ४ गते   । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन र सुशासनको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।  

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ बाराको क्षेत्रीय अधिवेशनको बुधबार बड्हर्वामा उद्घाटन गर्दै यस्तो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “जनअपेक्षा धेरै छन् । त्यो पूरा गर्न सरकारले आफ्नो कार्यशैली बदल्नु पर्छ ।” उहाँले नेपाली जनतासँग २०८४ सालसम्म हामी सरकार अदलबदल गर्दैनौँ भनेर बाचा गरेका थियौँ त्यसै कारण हामी सरकार बदल्ने होइन सरकारको काम गर्ने शैली र गति बदल्न चाहन्छौँ ।”

महामन्त्री थापाले प्रदेश सरकारमा भ्रष्टाचार र अनियमितताका कुरा बढी आएका छन् भन्दै सङ्घीयताको आधारस्तम्भका रूपमा रहेको मधेश प्रदेशमा भ्रष्टाचार र अनियमितता अन्त्य गर्न सबै जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अबको एक वर्षको समय देश र जनताको पक्षमा काम गरी आम नागरिकलाई भरोसा दिलाउनु पर्छ । म पनि मधेश यात्रा सुरु गर्छु र यहाँका प्रत्येक पालिकामा  पुग्छु ।”

उहाँले आगामी निर्वाचनमा कांग्रेस कुनै दलसँग मिलेर गठबन्धन गरी चुनावमा जाने कल्पना पनि गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले कांग्रेसको जग मधेशलाई थप मजबुत बनाएर मधेशको बलमा २०८४ को चुनावमा कांग्रेसले एकल बहुमत हासिल गर्नेसमेत दाबी गर्नुभयो । उहाँले विगतमा सम्पन्न निर्वाचनमा पार्टीभित्रै व्यापक अन्तरघात भएको र आगामी निर्वाचनमा त्यस्तो प्रवृत्तिको अन्त्यका लागि पार्टीको विधानसमेत संशोधन गरिनुपर्ने कुरामा जोड दिनुभयो । 

महामन्त्री थापाले पार्टीको व्रिmयाशील सदस्यता वितरण, वैैशाख १५ गतेसम्म टुङ्गो लगाउनुपर्ने कुरामा जोड दिँदै पार्टीभित्र बृहत्तर एकता आपसी सहमति सहकार्यको आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गर्ने पार्टी कांग्रेस भएको हुँदा अन्य तन्त्रका बारेमा सोच्न पनि नसकिने बताउनुभयो । 

नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का अध्यक्ष प्रभातकुमार चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यव्रmममा पार्टीका सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, केन्द्रीय सदस्य प्रकाश रसाइली, निरु रायमाझी, शम्भुबहादुर ठकुरी, उपेन्द्र यादव (उपन), विजयशङ्कर यादव, मधुशाही ठकुरीलगायतले क्षेत्रीय अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो ।