बाढी-पहिरो प्रभावितलाई संरक्षण गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले बाढी-पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
प्रजातन्त्र सेनानीलाई राज्यले सम्मान गर्नुपर्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनर्स्थापनाको अविश्राम र अथक सङ्घर्षका कष्टकर क्षण व्यतीत गर्ने प्रजातन्त्र सेनानीहरूको त्याग र सङ्घर्षको राज्यले उचित कदर र सम्मान गन्नुपर्ने बताउनुभएको छ ।
३० औँ विश्व आदिवासी दिवस मनाइँदै, तयारी अन्तिम चरणमा
नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)ले ३० औँ विश्व आदिवासी दिवस मनाउने भएको छ । नेफिनले पत्रकार सम्मेलन गरी अगस्ट ९ तारिख (साउन २५ गते) ३० औँ विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिएको हो ।
विश्व बैङ्कसँग सडक सुधारका लागि ११ अर्ब बराबरको सम्झौता
नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैङ्क र सरकारबिच ११ अर्ब रुपियाँ बराबरको वित्तीय सम्झौता भएको छ ।
प्रतिनिधि सभा बैठक : ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’को महसुल उठाउनैपर्छ
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरूले उद्योगी तथा व्यवसायीले विद्युत भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्र्नैपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्रीसँग थाई राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
खुकुरी प्रहार अभियोगमा तीन जना पक्राउ
काठमाडौँ महानगरपालिका-३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन प्रक्रिया अघि बढेको छ’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा करिब २२ अर्बको कारोबार
यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो ।
सेयर कारोबारमा संलग्न कम्पनीमाथि छानबिन गर्नुपर्छः सांसद सिंह
प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानविन गर्न सरकारसँग माग गर्नुभएको छ ।
सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्छ : सांसद सापकोटा
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको बिदाइ भेट
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गर्नुभएको छ।
हैजालाई हेलचेक्राइँ नगरौँ
गर्मी तथा वर्षयाममा हैजाको जोखिम बढ्ने गर्छ । जुनदेखि सेप्टेम्बर महिनामा हैजालगायत अन्य प्रकारका झाडापखाला प्रकोप देखिने चिकित्सक बताउछन् । को तथ्याङ्क अनुसार साउन यता काठमाडौँ, ललितपुर र कैलाली गरी तीन जिल्लाबाट २५ जनामा हैजा पुष्टि भएको छ ।
संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा पूर्वपरराष्ट्रमन्त्रीको जोड
पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवम् रणनीतिक महत्त्वको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ ।
शिथिल अर्थतन्त्रलाई गतिशील बनाउनु अहिलेको मुख्य चुनौती हो : उपप्रधानमन्त्री पौडेल
राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे ।
प्रधानमन्त्रीसँग सभापति देउवासहित कांग्रेस सांसदको हवाई सुरक्षाबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस सांसदले मुलुकको हवाई सुरक्षाबारे छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीद्वारा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुचर्चित काठमाडौँ–निजगढ फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ ।
मङ्गलबार र बुधबार देशभर वर्षा हुने, ३४ जिल्लामा रेडअलर्ट जारी
मङ्गलबार र बुधबार देशभर वर्षा हुने भएको छ । हाल मनसुन न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ र भोलि (मङ्गलबार)बाट उक्त रेखा नेपाद नजिक सर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुनको मूल्य तोलाको एक लाख ५० हजार
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु. एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।
जसपा नेपालद्वारा केन्द्रीय समिति बैठक आह्वान
बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
एक महिने गुँला पर्व सुरु
नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व सोमवारदेखि सुरु भएको छ ।
गीतकार पौडेलको ‘यसपालिको तीज रमाइलो’ गीत सार्वजनिक
हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ ।