• १२ असोज २०८१, शनिबार

खुकुरी प्रहार अभियोगमा तीन जना पक्राउ

blog

काठमाडौँ, साउन २१ गते । काठमाडौँ महानगरपालिका-३१ आलोकनगरस्थित सौराहा होटल नजिक सडकमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँ आलोकनगर बस्ने २२ वर्षीय मनत केसीलाई खुकुरी प्रहर गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली फिकल गाउँपालिका-३ घर भई हाल काठमाडौँ महानगरपालिका-३१ आलोकनगर बस्ने १८ वर्षीय अनिष मगर, दैलेख महावु गाउँपालिका-४ घर भई हाल आलोकनगर बस्ने २६ वर्षीय कुमार पण्डित तथा दार्चुला बाँज घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार हात्ती डाँडा बस्ने १९ वर्षीय प्रेमसिंह महरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट घाइते भएका केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको छ । उनीहरुमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । रासस