गौरवशाली इतिहास सिन्धुलीगढी
ऐतिहासिक सिन्धुलीगढीका बारेमा चर्चा गर्दा नेपाल–अङ्ग्रेज युद्ध साथमा जोडिएर आउँछ । क्याप्टेन किनलकको नेतृत्वमा आएका दु्ई हजार चार सय अङ्ग्रेज फौजलाई गोरखाली सेनाले लखेटेको घटनाले सिन्धुलीगढीको इतिहासलाई थप रोमाञ्चक बनाइदिएको छ । सिन्धुलीगढीमा ऐतिहासिक महत्वका साथै यस आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाको सभ्यता जोडिएको छ । गोरखाका राजा नरभूपाल शाह वृद्ध भइसकेका थिए ।
देशभर मनसुनी वायुको प्रभाव कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बढ्दै हैजाको प्रकोप
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताउनुभयो ।
उडान सुरक्षामा कडाइ गर्न सुझाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ ।
टोलटोलमा घुमाएर मारियो राक्षसको प्रतीक घण्टाकर्ण
प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व शुक्रबार भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।
लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप
काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।
महिला सशक्तीकरणको विषयमा ‘सतीदेवी’
महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको निर्देशक लक्ष्मण सुवेदीले बताउनुभएको छ ।
नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही
आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिनुभयो ।
फर्निचर उद्योगमा आगलागी : साढे दुई करोड बढीको क्षति
मध्यपुरथिमि नगरपालिका-३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड ६० लाख बराबरको क्षति भएको छ ।
परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबिच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक एक दिनपछि सर्यो
प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको हो ।
कक्षा १२ को परीक्षामा वडाअध्यक्ष उत्तीर्ण
५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण हुनुभएको छ। उहाँ मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुनुहुन्छ।
दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा
चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हेटौँडामा डेङ्गुविरुद्ध सचेतना
मकवानपुरमा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।
घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व शुक्रबार राजधानीमा मनाइँदै छ ।
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताउनुभएको छ ।
गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन
पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ चिरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रूपमा गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो।
गृहमन्त्री लेखकको नेतृत्वमा यसरी टुङ्गियो टीआरसी विवाद
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झण्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।
जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
संस्थानको ऐन नियम नयाँ बनाएर प्रणाली बसाल्छौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्रमा संस्थान सञ्चालन गर्ने ऐन नियमहरु नयाँ बनाएर कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । मेहन्द्रकालीन ऐन नियमले संस्थान सञ्चालन हुँदा आशातित विकास हुन नसकेको भन्दै उहाँले संस्थानलाई समयअनुकुल बनाउन नयाँ ऐन नियमको आवश्यकता रहेको बताउनुभयो ।
ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ : उद्योगमन्त्री भण्डारी
उद्योग, वाािण्ज्य तथा आपूर्तिमन्त्री दामादर भण्डारीले समितिमा विचाराधीन विधेयकलाई संसदमा छिट्टो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताउनुभएको छ ।