नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ ।
घरजग्गा कारोबारलाई व्यवस्थित गरेर लैजानुपर्छः मन्त्री अधिकारी
वर्तमान सरकारको गठन भएपछि जग्गासम्बन्धी एउटा विषय जोडका साथ उठिरहेको छ । त्यो हो हदबन्दीमा परेको जग्गाको भोगचलन र विक्री–वितरण । यो अहिले सरकार र संसदको तातो विषय बनिरहेको छ । यता सुकुम्वासीको समस्या उस्तै छ । बढ्दो शहरीकरण र जग्गाको खण्डिकरण सरकारले रोक्न सकेको छैन । अर्कोतर्फ तराई र पहाडका क्षेत्रमा बाँझो जग्गाको क्षेत्रफल धेरै हुँदै गएको छ । सरकार एकीकृत रुपमा भूमी र व्यवस्थित बसोवासको योजना बनाउन चुकिरहेको छ । अन्तरसरकार समन्वय नहुँदा जनताको काममा प्रत्यक्ष बाधा देखिएको छ । यसै सन्दर्भमा भूमि, व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सिद्धपोखरीमा बोटिङ गर्दै पर्यटक
भक्तपुरको पर्यटकीयस्थल सिद्धपोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक ।
प्रधानमन्त्री ओलीले गर्नुभयो चलचित्रमा स्वराङ्कन
प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गर्नुभएको छ । आज अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उहाँले आफ्नो दृश्यको स्वराङ्कन गर्नुभएको हो ।
कुरी क्षेत्रको जग्गा खोजबिन सुरु
कालिञ्चोक गाउँपालिकाले यहाँको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोक मन्दिर आसपासको कुरी क्षेत्रको जग्गा खोजबिन सुरु गर्न लागेको छ । लामो समयदेखि कसको स्वामित्वको जग्गा हो भन्ने ठेगान नलागेकै बेला तीव्र रूपमा अतिक्रमण भएपछि कुरी क्षेत्रको जग्गा खोजबिन गर्न लागिएको पालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा खोजबिन गर्ने क्रममा पालिकाले निर्णय गरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, गुठी संस्थानलगायतलाई आआफ्ना प्रमाण पेस गर्न पत्राचार भइसकेको छ । अहिलेसम्म कतैबाट पनि जानकारी आएको छैन । गुठीको हो भने किन नापी गराइएन । स्थानीय स्वायत्त शासन ऐन अनुसार यस्ता खाले जग्गा खोजबिन गर्ने र रेखदेख तथा संरक्षण गर्नु स्थानीय तहको दायित्व हो । यसको मिहिन तरिकाले खोजबिन गरी यथार्थ पत्ता लगाउनुपर्ने देखिएको छ ।
धराप भए काठका विद्युत् पोल
सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल (खम्बा) नहटाउँदा जोखिम बढ्दै गएको छ । विद्युत् विस्तारका क्रममा बर्सौंअघि नेपाल विद्युत् प्राधिकरणले गाडेका काठका पोल यतिखेर कुहिएर, मक्किएर र धमिराले खाएर जीर्ण बनी ढल्ने अवस्थामा पुग्दा जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
सफा मौसमपछि देखिएको हरियाली धान खेत
साउन महिनामा भक्तपुरको सूर्यविनायक नगरपालिका किवाचोकबाट देखिएको हरियाली धान खेत ।
साढे दुई वर्षदेखि अङ्ग्रेजी शिक्षक इजरायलमा
सुनकोशी गाउँपालिका–६, थुम्पाखरको महेन्द्रोदय माध्यमिक विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक साढे दुई वर्षदेखि इजरायलमा रोजगारीका क्रममा उतै रहेपछि अध्यापन प्रभावित भएको छ । उक्त विद्यालयका स्थायी शिक्षक प्रदीप खड्का साढे दुई वर्षअगाडि स्वास्थ्यमा समस्या देखाउँदै बेतलबी बिदा लिई इजरायलमा रोजगारी जानुभएको थियो । उहाँ विद्यालयसँग दुई वर्षको बिदा स्वीकृत गरी इजरायलमा हुनुहुन्छ । उहाँको सट्टामा विद्यालयले लियन शिक्षकबाट अङ्गे्रजी पठनपाठन गराइरहेको छ तर अङ्ग्रेजी विषयमा यस वर्षको एसइईमा सबैभन्दा बढी अनुत्तीर्ण भएका छन् ।
मर्निङवाक गर्दा बाघले आक्रमण
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् ।
लाखेनाचको रौनक
दोलखाको सदरमुकाम चरीकोट बजारको चोक र सडकमा यतिखेर लाखेनाच प्रदर्शन सुरु भएको छ । प्रत्येक दिनको साँझपख प्रदर्शन गरिने लाखेनाच हेर्न बालबालिका, ज्येष्ठजन, युवालगायत भेला हुँदा चरीकोट बजारमा रौनक देखिने गरेको छ । नेवार समुदायका युवाले २०१५/१६ सालबाट चरीकोटमा सुरु गरेको लाखेनाच प्रदर्शनलाई अहिले लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो । कृष्ण जन्माष्टमिको भोलिपल्टसम्म लगातार प्रदर्शन गरिने लाखेनाचले सांस्कृतिक किंवदन्तीलाई जीवन्त राख्न र सांस्कृतिक परम्परासहित बजारमा रौनक ल्याउन क्लबले लाखेनाच प्रदर्शनलाई निरन्तरता दिएको उहाँको कथन रहेको छ ।
वायु सेवाको सुरक्षा प्रणाली र गुणस्तर अध्ययन हुँदै
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा दर्ता भएर व्यावसायिक सञ्चालनमा रहेका सबै वायुयानको उडान सुरक्षा प्रणाली (एसएमएस) र गुणस्तर व्यवस्थापन प्रणाली (क्युएमएस) को विस्तृत अध्ययन गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार उडान सुरक्षा प्रणालीको विस्तृत अध्ययन गरेर ६० प्रतिशतभन्दा कमजोर उडान सुरक्षा भएका वायुयानलाई उडानमा प्रतिबन्ध लगाइने गरी विस्तृत अध्ययन हुन लागेको हो ।
थापाथलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौँ महानगरपालिका-११ थापाथलीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मनसुनजन्य विपदमा परी देशभर एक सय ५० जनाको मृत्यु
बाढी, पहिरोलगायत मौसमजन्य विपदमा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।
देशभर २५ जनामा हैजा पुष्टि
मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।
सबै दललाई साथ लिएर संविधान संशोधन हुन्छ : एमाले सचिव भट्टराई
सत्तारुढ नेकपा (एमाले) का सचिव एवम् संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरूलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताउनुभएको छ ।
सिस्नेरी सुमो दुर्घटना : घाइतेको पहिचान खुल्यो
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार बिहान भएको सुमो दुर्घटनामा दुई नेपालीसहित आठ भारतीय नागरिक घाइते भएका छन् । घाइते १० जनाको पहिचान खुलेको छ ।
काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।
जीर्ण काठका पोलले जोखिम बढ्दै
सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल नहटाउँदा जोखिम बढ्दै गएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विश्व स्तनपान सप्ताह : शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो ।
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ ।
वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ ।
सिस्नेरीमा सुमो दुर्घटना १० जना घाइते
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।