• १२ असोज २०८१, शनिबार

वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह

blog

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह

काठमाडौँ, साउन १९ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताउनुभयो । उहाँले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने पनि जिकिर गर्नुभयो ।

उहाँले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा (एमाले) मिलेर राजनीतिक स्थिरता, स्थायित्व दिनका लागि बनेको यो सरकार हो । यही राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने प्रतिवद्धतासहित सामाजिक परिवर्तनका लागि हामी गएका छौँ । तपाईँहरूले जसरी हामीलाई साथ दिँदै आउनुभएको छ, हामीले पाएको जिम्मेवारी सफल पार्नको लागि साथ, सल्लाह, सुझाव आवश्यक छ ।’’

उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताउनुभयो ।