सूर्यविनायक क्षेत्रको रमणीय दृश्य
भक्तपुरको सूर्यविनायक नगरपालिका र आसपास देखिएको रमणीय दृश्य ।
बाढीले पुल, बेलिब्रिज जोखिममा
भीषण बाढीका कारण सिन्धुपाल्चोकका दर्जन मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो ।
संविधानलाई जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भन्नुभयो ।
‘सिटी हल’ को काम चार वर्षमा पैँतालिस प्रतिशत
भरतपुर महानगरपालिकाको गौरवको आयोजना रहेको ‘सिटी हल’ निर्माण चार वर्ष बितिसक्दा ४५ प्रतिशत मात्र काम भएको छ । २७ महिनामा सम्पन्न हुने गरी २०७७ मा सम्झौता भएको निर्माण कार्य
सर्वोच्च अदालतः मुद्दा फर्स्योटमा सुधार
सर्वोच्च अदालतले आर्थिक वर्ष २०८०र८१ मा १५ हजार चार सय ८४ ९३९ दशमलव ८४ प्रतिशत० मुद्दा फर्स्योट गरेको छ । विगत पाँच वर्षका तुलनामा यो सङ्ख्या सबैभन्दा धेरै हो ।
विदेशी लगानी ल्याएर धरौटी रकम लैजान आग्रह
उद्योग विभागले विदेशी लगानीकर्तालाई प्रतिबद्धता गरेको रकम भित्र्याएर धरौटी रकम फिर्ता लैजान आग्रह गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै तोकिएको लगानी ल्याएर धरौटी रकम लैजान आग्रह गरेको हो । विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले कानुनबमोजिम तोकिएको समयमा उद्योग सञ्चालन गरेको जानकारीसहित आगामी ३५ दिनमा विभागमा जानकारी गराए उद्योग दर्ता गर्दाका बखतको धरौटी रकम फिर्ता लैजान सक्ने विभागले जनाएको छ ।
मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा
नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो ।
चार करोडको लगानीमा मेवा खेती
रामेछापको खाँडादेवी गाउँपालिका–८, गागलभदौरेस्थित कालेमानेका जनकलाल तामाङ मेवाको व्यावसायिक खेतीमा लाग्नुभएको छ । सात वर्षपछि दक्षिण कोरियाको रोजगारीबाट फर्केर मेवा खेतीमा लाग्नुभएको थियो । कोरियामा महिनाको साढे दुई लाख रुपियाँसम्म कमाउने उहाँ कोभिडका कारण नेपाल फर्केपछि भिसा नै रद्द भएको थियो । बेरोजगार भएपछि उहाँले खोजे जस्तो रोजगारी कतै पाउनुभएन । त्यसपछि उहाँले आफूसँग भएको केही रकम लगानी गरेर मेवा खेती सुरु गर्नुभएको थियो ।
घटे विदेशी श्रमिक
स्वदेशमा रोजगारीका अवसर नपाएर रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेका बेलामा विदेशबाट नेपालमा आएर काम गर्नेको सङ्ख्या भने घटेको छ । पछिल्लो दुई आर्थिक वर्षमा विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ११ प्रतिशतले घटेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार आव २०८०/८१ मा विकास साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा कामका लागि नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुई हजार ६८५ रहेको छ । जसमा नयाँ एक हजार २० जना रहेका छन् भने श्रम नवीकरण गर्नेको सङ्ख्या एक हजार ६६५ जना रहेका छन् । जबकि आव २०७९/८० यो सङ्ख्या दुई हजार ९९४ जना थियो । जसमा नयाँ एक हजार ३६९ जना थिए भने श्रम नवीकरण गर्ने एक हजार ६२५ जना थिए । जुन सङ्ख्या आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा ३०९ जनाले बढी हो । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ७४ देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । आव २०८०/८१ मा नेपालबाट श्रम स्वीकृति लिएर काम गर्नेमध्ये ६२ प्रतिशत चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् ।
वरिष्ठको उपाधिलाई न्यूनतम २५ वर्षको प्रावधान
वरिष्ठ अधिवक्ता उपाधिका लागि कम्तीमा २५ वर्ष पेसामा निरन्तर हुनुपर्ने प्रावधानसहित सरकारले नेपाल कानुन व्यवसायी परिषद् ऐन संशोधन विधेयक संसद्मा दर्ता गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका तर्फबाट विधेयक दर्ता भएको छ । वरिष्ठ अधिवक्ता उपाधिका लागि हाल न्यूनतम १५ वर्ष पेसामा निरन्तर रहेको हुनुपर्ने व्यवस्था छ । विधेयकले लयर्स एकेडेमीको स्थापना तथा परिषद्लाई विश्वविद्यालयका आङ्गिक वा अन्य क्याम्पसको मापदण्ड निर्धारणको अधिकार दिने पनि प्रस्ताव गरेको छ । विश्वविद्यालयको पाठ्यक्रम निर्धारणको अधिकार पनि दिने प्रस्ताव विधेयकमा छ । परिषद्लाई कानुन व्यवसायीको पेसागत आचरण नियमन गर्ने, पक्षसँग लिने शुल्कको पारदर्शिता कायम गराउने, आचारसंहिता उल्लङ्घनमा कारबाहीलगायतका अधिकार प्रस्तावित छन् ।
हात्तीलाई समेत भगाउने बाघ नियन्त्रणमा
चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको छ । दिनभर फिल्डमा खटिनुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बाघको डार्ट टिङ्कुलाइजर सफल भएको जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दिनभरको प्रयास र थप हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले नियन्त्रणमा लिएको बाघ दुई मिटर ७७ सेन्टिमिटर लम्बाइको भाले बाघ भएको बताउनुभयो ।
अख्तियारमा भ्रष्टाचारका उजुरी, आधाभन्दा बढी स्थानीय तहका
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरीमध्ये स्थानीय तहमा भएका अनियमितताको उजुरी बढ्दो छ । तीन आर्थिक वर्षको उजुरीको तुलना गर्दा आव २०७९/८० मा कुल उजुरीका आधाभन्दा बढी स्थानीय तहका छन् । उक्त आवमा परेका कुल दुई हजार ९०५ वटा उजुरीको ५१.४० प्रतिशत स्थानीय तहका छन् । यो त्यस अघिल्लो आवको ४७.०८ प्रतिशतको तुलनामा झन्डै चार प्रतिशतले बढी हो । आव २०७८/७९ मा कुल दुई हजार ६७० उजुरीमध्ये ४७.०८ प्रतिशत उजुरी स्थानीय तहकै मात्र थिए । त्यसभन्दा पनि अघिल्लो आव २०७७/७८ मा कुल छ हजार २२५ उजुरीमध्ये ३२.७२ प्रतिशत स्थानीय तहको रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
परीक्षा सकिएको चार दिनमै नतिजा
त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्पन्न भएको चार दिनमै नतिजा प्रकाशन गरेको छ । यही साउन ९ गते सकिएको मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित गरिएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार प्रथम वर्षको परीक्षा सकिएको चौथो दिन साउन १३ गतेदेखि नतिजा प्रकाशन सुरु गरेर शनिबार सकिएको छ । साउन १३ गते प्रथम वर्षका अङ्ग्रेजी, नेपाली, इतिहास, ग्रामीण विकास, समाजशास्त्र, अर्थशास्त्रलगायतका विषयको नतिजा सार्वजनिक गरिएको थियो ।
रातो मत्स्येन्द्रनाथको भोटो देखाइयो (फोटो फिचर)
मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।
दोलखाली नागरिकको हितमा काम गर्छु : मन्त्री काफ्ले
बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले दोलखाली नागरिकको हितमा काम गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काफ्लेले सो कुरा बताउनुभएको हो ।
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रूपान्तरण गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रूपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
खेलाडीको सुझावका आधारमा काम गर्छु : मन्त्री महर्जन
बागमती प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीको सुझावका आधारमा आफूले काम गर्ने बताउनुभएको छ ।
अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को-हजबेन्ड’
नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को-हजबेन्ड’ (सहायक श्रीमान्) लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रूपमा पठनपाठनमा सहभागी गराउने भएका छन् ।
सडक विभागको वार्षिक समीक्षा
सडक विभागले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समीक्षा गरेको छ ।
पालिकाको लगानीमा रङ्गशाला निर्माण
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आफ्नै लगानीमा प्यारापिटसहितको फुटबल रङ्गशाला निर्माण गरेको छ ।
धरहरा
काठमाडौँको कमलादीस्थित स्काई टावरबाट खिचिएको सुन्धारामा अवस्थित धरहरा ।
देश सुहाउँदो शिक्षा आवश्यक : महर्जन
शिक्षा सेवा आयोगका सदस्य नन्दकुमारी महर्जनले देशको माटो सुहाउँदो शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ ।
एसइईमा उत्कृष्ट ८० थारु विद्यार्थी सम्मानित
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीलाई एक कार्यक्रविच सम्मानित गरिएको छ ।
‘रोगबाट बच्न खानापछि नियमित ब्रस गर्नुपर्छ’
मुखमा विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछन् । हिमाल डेन्टल अस्पतालकी कन्सल्टेन्ट पेरोयोडेन्टिक्स एण्ड ओरल इम्प्लान्टोलजी डा. अञ्जली भट्टराईले मुखमा सबैभन्दा बढी दाँतमा किरा लाग्ने र गिजाबाट रगत आउने समस्या देखिने बताउनुहुन्छ ।