सहर पस्न थाले बाघ
बाघको सङ्ख्या बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ । सङ्ख्या वृद्धिसँगै संरक्षित क्षेत्रमा बाघ व्यवस्थापन हुन नसक्दा मानव बस्तीमा प्रवेश गर्ने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्ने चुनौती बढेको छ । भरतपुर–२ का ६० वर्षीय पशुपति श्रेष्ठलाई नारायणगढ बजारसँगै रहेको नारायणी नदीकिनारमा आक्रमण गर्ने बाघलाई आइतबार साँझ उद्धार गरी सौराहामा राखिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार करिब पाँच वर्षको सो बाघलाई उद्धार गरिएको हो । “बाघ निकुञ्ज आसपासका मानव बस्तीमा आउने जाने त भइरहन्छ तर अहिले मान्छे र घरपालुवा जनावरलाई आक्रमण गर्नु दुःखद हो,” उहाँले भन्नुभयो ।
सत्कार बचत सहकारीका सचिवसहित तीनजना पक्राउ
सत्कार बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गरेको अभियोगमा सचिवसहित ३ जना पक्राउ परेका छन् ।
काठमाडौँ-हेटौँडा जोड्ने कान्तिलोकपथमा हलुका सवारीसाधन सञ्चालन
काठमाडौँबाट हेटौँडातर्फ जोड्ने कान्तिलोकपथ अन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडा, बागमती गाउँपालिका-२ पाङ्दुरे र छबेनीमा सोमबार पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
आँखा अस्पताललाई एक वर्षको तलब सहयोग
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम् पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले हेटौँडा सामुदायिक आँखा अस्पताललाई ९ लाख ९९ हजार सहयोग गर्नुभएको छ ।
सहकारी बचत रकम हिनामिनासम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पार्दै
सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।
परराष्ट्रमन्त्रीसँग जर्मन राजदूतको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिमलताल दुर्घटनाः गृहमन्त्रीलाई प्रतिवेदन पेस
चितवनको सिमलताल बस दुर्घटनाको विषयमा अध्ययन गर्न बनेको कार्यदलले आज गृहमन्त्री रमेश लेखकसमक्ष प्रतिवेदन पेस गरेको छ ।
व्यथित काव्य सम्मान लोहनी र उप्रेतीलाई
साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान– २०८१’ प्रदान गरिने भएको छ । यसैगरी सङ्घले ‘व्यथित काव्य डायस्पोरा सम्मान– २०८१’कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गरिने भएको छ ।
यस्ता छन् हैजा नियन्त्रण तथा रोकथामका लागि आगामी योजना
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण गर्न द्रुत प्रतिकार्य टोली परिचालन गरेको जनाएको छ ।
लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा
राष्ट्रिय मानव अधिकार संस्थामा लैङ्गिक समावेशीकरण सम्बन्धी एसिया प्रशान्त क्षेत्रका २६ देशका अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि सबै उपाय अवलम्बन गरिने : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपाय अवलम्बन गर्ने बताउनुभएको छ ।
चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न निर्देशन
चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले भन्नुभयो, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ ।
बकैया नदीमा आठ पुल निर्माण गरिँदै
काठमाडौँ/तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)सडक आयोजनाअन्तर्गत मकवानपुरदेखि बारासम्म बकैया नदीमा आठ वटा पुल निर्माण हुँदै छ । दुई वटा पुल प्याकेज ३ अन्तर्गत निर्माण भइरहेका छन् । हाल आठ वटै पुल निर्माण भइरहेका छन् ।
बाढी र डुबानले प्रभावित काठमाडौं उपत्यका (फोटो फिचर)
सोमबार रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डुबान भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढेपछि किनार र आसपासका बस्ती प्रभावित भएका हुन् ।
मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको बताउनुभएको छ । गृहमन्त्री लेखकसँग निर्वाचन आयोगले मङ्गलबार आयोगसँग सम्बन्धित विषयहरुमा महत्त्वपूर्ण छलफल गरेको छ ।
विश्व स्तनपान सप्ताह-स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् ।
बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो ।
युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ ।
कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’
विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ ।
वर्षाले हवाई उडान प्रभावित
गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
डेंगुबाट एकको मृत्यु
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो ।