• १२ असोज २०८१, शनिबार

नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, साउन २२ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नयाँ ऐन बनाउन प्रयास गर्ने बताउनुभएको छ । आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले भन्नुभयो, “स्काउट २०५० सालमा बनेको ऐनअनुसार सञ्चालन भएको छ । संस्थालाई आवश्यक पर्ने अन्य ऐन मेरै कार्यकालमा पारित गर्नेगरी प्रयास गर्छु,” । उहाँले देश सङ्घीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । 

मन्त्री चौधरीले सात सय ५३ वटै पालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवामा चरित्र निर्माणमा मद्दत मिल्ने बताउनुभयो । युवा तथा बालबालिकामा सामाजिक संस्कार र नैतिकता खस्किँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । स्काउटले प्राकृतिक विपत्तिका बेला गरेको सेवाको उहाँले प्रशंसा गर्नुभयो । रासस