• ३ असार २०८२, मङ्गलबार

प्रतिनिधि सभा बैठकको समय परिवर्तन

blog

फाइल तस्बिर

काठमाडौँ, असार ३ गते। प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन भएको छ। मङ्गलबार दिउँसो आधा घण्टा बसेर स्थगित भएको बैठक २:१५ बजे बस्न नसकेपछि समय परिवर्तन भएको हो।

प्रतिनिधि सभाका सचिव र्हकराज राईका अनुसार बैठक अहिले ४:३० बजे बस्नेछ।बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले अवरोध कायम राखेपछि सभामुखले संसदमा सहभागी प्रमुख पाँच दलका नेतासँग छलफल गर्नुभएको छ।

सभामुखको छलफलपछि बैठकको समय सङ्घीय संसद सचिवालय परिवर्तन भएको जानकारी गराएको हो ।