‘केन्द्र र स्थानीय सरकार मिलेर जनतालाई सेवा दिनुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आपसी सहकार्य र संवादका साथ जनताप्रति केन्द्रित भएर लाग्न आग्रह गर्नुभएको छ ।
‘शिक्षा क्षेत्र राजनीति मुक्त हुनुपर्छ’
सांसदहरूले विद्यालय क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउने गरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ ल्याउनुपर्ने माग गरेका छन् ।
मानव-वन्यजन्तु द्वन्द्व बढ्दै, गत आवमा ३४ जनाको मृत्यु
मुलुकमा पछिल्लो समय संरक्षणका क्षेत्रमा ठूलो सफलता हासिल भएसँगै मानव-वन्यजन्तुको द्वन्द्व पनि बढ्दो छ ।
खेलकुदलाई समृद्धि, अनुशासन, पर्यटनसँग जोड्नुपर्छ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) सहजीकरणका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदन राजनीतिक दलहरूबिच भएको सहमति नयाँ सरकारको पहिलो सफलता भएको बताउनुभएको छ ।
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि
मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सिङ्गरबिच शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।
गहना चोरी अभियोगमा दुई जना पक्राउ
सुनको गरगहना चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आदिवासी आन्दोलन सफल पार्न आदिवासी समुदायबिच सहकार्य आवश्यक
आदिवासी आन्दोलनलाई मूलप्रवाहमा ल्याउनका लागि आदिवासी समुदायबिच सहकार्य हुन आवश्यक छ । ३० औँ विश्व आदिवासी दिवसको सन्दर्भमा नेपाल छन्त्याल सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले त्यस्तो बताएका हुन् ।
हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभई पुरुषहरूको पनि भएको बताउनुभएको छ ।
प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गर्नुभएको छ ।
‘थारु सम्बद्ध सम्पदाहरु’ पुस्तक लोकार्पित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समुदायको आफ्नो ऐतिहासिक सम्पदा ती जाती समुदायको इतिहास भएकाले त्यसको संरक्षण तथा प्रवर्धनमा लाग्न आग्रह गर्नुभएको छ ।
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ । बुधबार बिहानैबाट अवरुद्ध राजमार्ग अहिले केहीबेर अघि खुलेको हो ।
एसइई पूरक परीक्षा आजदेखि सुरु (फोटो फिचर)
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि (पुरक) परीक्षा आजदेखि सुरु भएको छ ।
पहिरो पन्छाउने क्रममा ढुङ्गा लागेर लोडर चालक घाइते
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लिलाधर अधिकारी घाइते हुनुभएको हो ।
काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने
प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसाेसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ ।
फोनिजले ६ जना पत्रकारलाई सम्मान गर्ने
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले ६ जना पत्रकारलाई सम्मानित गर्ने भएको छ । फोनिजको २५ औं स्थापना दिवसको अवसर पारी आउने आइतबार पत्रकारलाई सम्मानित गर्ने जनाएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ ।
सक्नेले हेरेनन् नसक्नेलाई चिन्ता
दोलखाको गौरीशङ्कर गाउँपालिका–५ मा करिब छ दशकअघि स्थापना भएको विष्णुश्वरी प्राथमिक विद्यालय भवन जीर्ण हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । विसं २०२२ मा स्थापित यसै विद्यालयमा पढे/पढाएकासमेत उच्च पदमा पुगेका छन् तर विद्यालयप्रति कसैको चासो नरहँदा विद्यालय भवन जीर्ण हुँदै गएपछि स्थानीय चिन्तित बनेका पूर्वविद्यार्थी सुवास सुरेलले दुःखेसो पोख्नुभयो ।
वृद्धा हत्या आरोपी सार्वजनिक
बाह्रबिसे नगरपालिका–७ खनियावासकी ७१ वर्षीया वृद्धा रत्नकुमारी थापाको हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय चौताराले सार्वजनिक गरेको छ ।
आर्थिक कूटनीति प्रवर्द्धनमा परराष्ट्रसचिवको जोड
नेपाल र ओमानबीचको परामर्श संयन्त्रको प्रथम बैठकमा भाग लिन ओमानको राजधानी मस्कट पुग्नुभएकी परराष्ट्रसचिव सेवा लम्सालको अध्यक्षतामा मङ्गलबार मध्यपूर्व एसियास्थित नेपाली नियोगका राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत, श्रम काउन्सेलर एवं श्रम सहचारीलगायत नियोगमा कार्यरत कर्मचारीको उपस्थितिमा श्रव्यदृश्यका माधयमबाट बैठक आयोजना गरियो ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
भवन तथा बस्नका लागि पर्याप्त जग्गा नहुँदा कारागार कार्यालय काभ्रेपलाञ्चोकमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदी र थुनुवा बस्न बाध्य भएका छन् । भवन र जग्गा अभावमा ८५ जना क्षमताको कारागारमा अहिले ३१२ जना कैदी र थुनुवा बस्दै आएका छन् ।
पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान ७ः३५ बजे इच्छाकामना गाउपालिका–४ पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
प्रधानमन्त्रीलाई टीआरसीसम्बन्धी कार्यदलले प्रतिवेदन बुझाउँदै
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाउँदै छ ।
आज पनि देशभर वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । साथै विभागले देशभर वर्षा हुने पूर्वानुमान गरेको छ ।