सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोकियो
बिहीबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा
रास्वपाको बागमती प्रदेश समितिले बिहीबार र शुक्रबार भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको छ । क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवम् प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुईसय ५० जना सहभागी भएका छन् ।
हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन
संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन समितिबाट पारित
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभा, कानुन, न्याय तथा मानवअधिकार समितिबाट सर्वसम्मतिले पारित भएको छ ।
विद्युत महसुल नतिर्ने ७ सय जना ग्राहकको लाइन काटियो
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको लाइन काटेको छ । आर्थिक वर्ष २०८०-८१ को असार मसान्तसम्म समयमै महसुल नबुझाउने ग्राहकको लाइन काट्नुको साथै १०८ जनामा ग्राहकलाई कालोसूचीमा राखेको छ।
नगरप्रहरीले नागरिकमैत्री काम गरिरहेको छ : प्रमुख महर्जन
ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीले नागरिकमैत्री भएर सकारात्मक काम गरिरहेको बताउनुभएको छ ।
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिनुभयो ।
आयुर्वेद प्रतिष्ठानको आवश्यकता
आयुर्वेद संसारकै पुरानो चिकित्सा पद्धति हो । पूर्वीय दर्शनमा आधारित यो पद्धति अहिले पनि उत्तिकै सान्दर्भिक र भरपर्दो छ ।
हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्न सरकारले आयोग गठन गर्छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताउनुभएको छ ।
सम्पदा संरक्षणमा सम्झौता हुँदैनः प्रमुख महर्जन
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । बिहीबार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
कार्य सम्पादनमा रुपन्देही प्रथम, धनुषा ७७ औँ स्थानमा
गत आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा राम्रो कार्य प्रगति रुपन्देही जिल्ला प्रशासन कार्यालयको देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार रुपन्देही जिल्लाको कार्य प्रगति सबैभन्दा राम्रो देखिएको हो ।
डेंगु सङ्क्रमितको सरकारी अस्पतालमा निःशुल्क उपचार
सरकारले डेंगु सङ्क्रमणबाट भर्ना भएका बिरामीको सरकारी अस्पतालहरूमा निःशुल्क उपचार गर्ने भएको छ ।
एलडिसीमा स्तरोन्नतिपछिका चुनौती कम गर्न बहुआयामिक रणनीति अपनाउनुपर्नेमा जोड
नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडिसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतीलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने एक अध्ययनले औँल्याएको छ ।
‘चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना’
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।
भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा भारतसँगको विद्युत व्यापार सम्झौताविरुद्ध दायर भएको रिटमा सुनुवाइ हुँदैछ ।
बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी
मुलुकभरि बाँदरले कृषिबालीमा क्षति गर्न थालेपछि सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ ।
‘तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन’
पिंकी गुरुङ जसलाई फरक पहिचान भएका तेस्रो लिङ्गीको गतिविधिसँग स्वयम् डर लाग्दथ्यो ।पुरुषको जैविक शरीरमा जन्मनुभएका पिंकीलाई हुर्कने, बढ्ने क्रममा जब परिवार र साथीभाइबिच छोरा मान्छेले यो गर्नुहुन्छ, त्यो गर्नुहुन्न भनेर बढीजसो प्रतिक्रिया आउन थाल्यो, तब उहाँ सोच्न बाध्य हुनुभयो कि वास्तवमा मेरो पहिचान के हो भनेर ।
दुर्घटनाग्रस्त हेलिकप्टर
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउर नजिकै जङ्गल क्षेत्रमा बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टर ।
हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा: मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राखेर काम अघि बढाएको जनाएको छ । बुधवार एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको निधन भएसँगै मन्त्रीले प्रेस नोट जारी गर्दै यस्तो बताउनुभएको हो ।
हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्ने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह
उक्त मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालय र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह
सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
आजको मौसमः आज भारी वर्षा हुने
देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।
खस्कँदो गाईजात्रे कलाकर्म
सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्रामा व्यङ्ग्यविनोदको महत्व उच्च छ । सांस्कृतिक रूपमा नै व्यङ्ग्यविनोदलाई गाईजात्राका बेला अपनाइँदै आइएको हो । नेपालको सन्दर्भमा गाईजात्रे हास्यव्यङ्ग्यलाई कलाकारले पेसाकै रूपमा अघि बढाउँदै लगेको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३० को दशकमा सुरु गरेको गाईजात्रे कार्यक्रम राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा–प्रतिष्ठानका भवनमा महिनौँ दिनसम्म सञ्चालन हुने गरेका थिए । गाईजात्राको दुई महिनाअघि नै बजारमा क्यासेट चक्काको बिक्री ह्वात्तै बढ्थ्यो । अहिले ती सबै इतिहासका कथा बने । हास्य कलाकार दीपाश्री निरौलाका अनुसार गाईजात्राको महत्व पञ्चायतकालमा एकदमै धेरै थियो तर अहिले ३६५ दिन नै गाईजात्रा नै गाईजात्रा छ । सामाजिक सञ्जालमा गाईजात्रे प्रवृत्तिबाहेक केही देखिँदैन ।