देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ ।
सरकारले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्ने छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताउनुभएको छ ।
काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा
काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
सयभन्दा बढी ग्राहक कालो सूचीमा
नेपाल विद्युत् प्राधिकरण, दोलखा वितरण केन्द्रले गत एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको विद्युत् लाइन काटेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म समयमै विद्युत् मह
ललितपुरको गोदावरी कुण्ड
ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ। यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ।
जिल्ला अदालतमा ३५ न्यायाधीश सिफारिस
न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३५ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । खुला प्रतिस्पर्धा र ज्येष्ठताका आधारमा नियुक्तिपछि रिक्त ३५ दरबन्दीमा शुक्रबार परिषद्ले नाम सिफारिस गरेको परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । निर्णय अनुसार नारायण रिमाल, यामबहादुर बानियाँ, रुद्रप्रसाद सुवेदी, धर्मराज पौडेल जिल्ला न्यायाधीशमा सिफारिस हुनुभएको छ । यस्तै टङ्कबहादुर महत, सुवर्णमान बनेपाली, तीर्थराज भट्ट, सरिता रायमाझी, प्रतिमाकुमारी भट्टराई पोखरेल, शिवप्रसाद पराजुली, लालसिंह थापा, शम्भुप्रसाद रेग्मी, दीपेन्द्रनाथ योगी पनि सिफारिसमा पर्नुभएको छ ।
उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ
विभिन्न विज्ञहरुद्वारा उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ भन्नेमा जोड दिनु भएको छ ।
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो ।
विद्यालय शिक्षा विधेयक : जनसङ्ख्याको आधारमा विद्यालय खोल्ने अनुमति दिने व्यवस्था गर्न सांसदको जोड
प्रतिनिधिसभाका सांसदहरुले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेस प्रदेशका मुख्यमन्त्रीसँग जानकारी माग
मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ ।
मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन
द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ ।
विधि र प्रक्रियाबाटै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधिसम्मत ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताउनुभएको छ ।
सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : केन्द्रीय सदस्य महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताउनुभएको छ ।
‘अटिजम रोग होइन, फरक अवस्था हो’
बालबालिकामा देखिने अटिजम रोग नभएर एक फरक अवस्था भएको सरोकारवालहरूले बताएका छन् ।
विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
चाँगुनारायणसँगै विभिन्न मन्दिरमा नागपञ्चमी मेला
नागपञ्चमीका अवसरमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरमा आज बिहानैदेखि मेला लागेको छ ।
कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जागृत गराउने : नेता रिजाल
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताउनुभएको छ ।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
जबरजस्ती करणीसम्बन्धी कानुन तत्काल संशोधन गर्न सांसदद्वारा ध्यानाकर्षण
सांसदहरुले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सञ्चार क्षेत्रका विकृति अन्त्य गनुपर्नेमा जोड
प्राज्ञिक क्षेत्रका व्यक्तिहरुले सञ्चार क्षेत्र पनि विकृतिबाट अछुतो नरहेको बताउँदै पत्रकार स्वयंले त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने नीति राम्रो हो तर कार्यान्वयन पेचिलो छ : अध्यक्ष डा. कार्की
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताउनुभएको छ ।
नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : मन्त्री चौरसिया
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।