• १२ असोज २०८१, शनिबार

पृथ्वीराजमार्ग अवरुद्ध

blog

पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथिबाट ढुङ्गासहित खसेको पहिरो । तस्बिर :वसन्त पराजुली

वसन्त पराजुली
भरतपुर, साउन २३ गते ।
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान ७ः३५ बजे इच्छाकामना गाउपालिका–४ पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरो सफा गर्ने कार्य सुरु भएको जानकारी दिनुभयो । पहिरो पन्छाउन डेढदेखि दुई घण्टा लाग्ने बताइएको छ ।

सडक विभागसँग समन्वय गरी लोडर प्रयोग गरेर सडक खुलाउने पहल भइरहेको पनि उहाँले जनाउनुभयो ।