मनाइयो ३० औँ विश्व आदिवासी दिवस (फोटो फिचर)
३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ ।
सामुदायिक वन विकास कार्यक्रमबाट ३३ लाख घरधुरी लाभान्वित
न तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रमबाट करिव ३३ लाख घरधुरीहरु लाभान्वित भएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित सामुदायिक वन दिवस—२०८१ को अवसरमा राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वतरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कार्यकारी निर्देशक घिसिङ
नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
नेवाः संस्कृति जोगाउन तायाः मचाः नृत्य
पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ ।
‘लम्पी स्किन’विरुद्ध खोप लगाउन सुरु
गाई भैंसीमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रण तथा रोकथामका लागि मकवानपुरमा खोप अभियान सुरु गरिएको छ । पशुपालन तथा दूध उत्पादनका क्षेत्रमा अब्बल मकवानपुरगढी गाउँपालिका वडा नं. ३ बाट शुक्रवार खोप अभियानको उद्घाटन गरिएको हो ।
विवाद निरुपण गर्दा मेलमिलापलाई प्राथमिकता दिनुपर्छः उपप्रमुख डङ्गोल
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरुपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरको कार्यालय नजिक भासिएको सडक
काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि टुकुचा खोलामाथिको सडक भासिएको छ । काठमाडौँ महानगरपालिका कार्यालय नजिकै रहेको सडक भासिएपछि सडक अवरुद्ध भएको छ ।
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि
काठमाडौँ, साउन २५ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आजदेखि बस्दैछ । समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो । बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले राससलाई जानकारी दिनुभयो । बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । त्यसअघि आजै बिहान ११:०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ । उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ । रासस
‘एक विद्यालय, एक नर्स’ कार्यक्रम: आठ सय अठचालिस विद्यालयमा विस्तार
बागमती प्रदेश सरकारको स्वास्थ्य र शिक्षा क्षेत्रको महìवपूर्ण कार्यक्रम ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । विद्यालय तहदेखि नै स्वास्थ्यमा सुधारसँगै विद्यार्थीलाई विद्यालय
‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
देशभर मनसुनी वायुको प्रभाव
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।
नियमनमा कडाइ गर्न हवाई विज्ञको सुझाव
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग छलफल गर्नुभएको छ ।
आज नागपञ्चमी, नाग पूजा गरिँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
नमोबुद्धमा स्टाफ कलेज निर्माण हुने
सरकारले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७, भकुन्डेबेँसीमा अत्याधुनिक आवासीय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) निर्माण गर्ने भएको छ । करिब पाँच सय जना प्रशिक्षार्थीलाई आवासीय रूपमा अन्तर्राष्ट्रिय स्तरको तालिम दिन सकिने गरी सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न लागेको हो । अहिले जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बढीमा दुई सय जना मात्र प्रशिक्षार्थीलाई तालिम दिन सकिने व्यवस्था छ ।
गुणस्तरीय शिक्षाको योजना ल्याउन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गर्नुभयो ।
सङ्घीय अस्पतालमा डेङ्गु उपचार निःशुल्क
नेपाल सरकारका सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ । डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा सङ्घीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताउनुभयो ।
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापति प्रभुराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले भोलिदेखि सम्हाल्ने गरी वरिष्ठतम रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गर्नुभएको हो ।
वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गर्नुभयो ‘प्लास्टिक फ्रि जोन’ अभियान
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिंहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लास्टिकका सामग्रीको प्रयोग हटाउन ‘प्लास्टिक फ्रि जोन’ अभियानको सुरुआत गर्नुभएको छ ।
हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
दुईदिने राइडको तयारी
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शनिबार र आइतबार काठमाडौँदेखि चुम्लिङ्टारसम्मको दुईदिने राइड हुने भएको छ । सो राइडमा ३५ बाइकको सहभागिता रहनेछ ।
लम्पी स्किनविरुद्ध ७६ हजार पशुलाई खोप लगाइने
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा शुक्रबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
तनहुँमा नागरिकताभन्दा राहदानी लिने बढी
जिल्लामा एक वर्षको अवधिमा नागरिकताभन्दा बढी राहदानी वितरण भएको छ । जिल्ला प्रशासन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा १५ हजार सात सय ७७ राहदानी वितरण गरेको छ ।
विद्युत प्राधिकरणका सहायक लेखापालविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा
नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ ।