३० जनामा हैजा पुष्टि, सबैभन्दा बढी ललितपुरमा
साउन महिनायता ३० जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार साउन महिना लागेदेखि चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ ।
देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ ।
वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित
गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ ।
काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा
काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो
सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।
आज देशभर वर्षा हुने
हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
चोभारमा पहिरो, हेटौंडा–बल्खु सडक अवरुद्ध
कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।
अन्तरआबद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् ।
दुई हजारभन्दा बढीमा डेंगु पुष्टि ,एकको मृत्यु
डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ ।
पुरानो विधान खारेज, नयाँ जारी
बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि बनाएको बागमती विश्वविद्यालय विधान कार्यान्वयनमा नआउँदै खारेज गरिएको छ । विश्वविद्यालय स्थापनाको तयारीमा लागेको प्रदेश सर
दरबन्दी छ चिकित्सक छैनन्
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा दरबन्दी करिब एक सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असर परेको छ । विशेषज्ञसहित अस्पतालमा ८७
दुई दिन देशव्यापी ठुलो वर्षा हुने
आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ ।
नारायणी नदी तटबन्धनमा बजेट अभाव
नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।
बयालिस वर्षपछि फर्काइयो नागराज
काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको १२/१३ औँ शताब्दीको नागराजको पत्थर मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ । संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकाली (समुदायको ज्येष्ठ नागरिक) ले पूजा गरी सोमबार मूर्तिको पुनः स्थापना गरिएको हो ।
‘मुलुक विकासको नयाँ युगमा प्रवेश’
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको कांग्रेस सांसदको टोलीसँग छलफलमा प्रधानमन्त्री ओलीले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ । छलफलमा सहभागी कांग्रेस नेता उदयशमशेर राणाका अनुसार हवाई सुरक्षाको अवस्था र क्यानलाई सेवाप्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनुपर्ने विषयमा छलफल भएको छ ।
सम्पदा जोगाउने फैसला
सनातन संस्कृति, सम्पदा र परम्परासँग जोडिएका काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्ने सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएपछि सरोकारवाला नदी व्यवस्थित गर्ने तयारीमा जुटेका छन् । २०८० पुस ३ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गरेको फैसला अनुसार बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने गृहकार्य र छलफलमा सम्बन्धित निकाय जुटेका हुन् । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकासहित राज्यका सम्बन्धित निकायले यसबारे आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ ।
मर्यादित मिडियाले नागरिकको मर्यादा जोगाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले मिडियाको मर्यादित भूमिकाबाट मात्र आम नागरिकको मर्यादा र सम्मान जोगिने बताउनुभएको छ ।
सशस्त्र प्रहरीका ६८ जनाले गरे क्लिफमा बञ्जी
सशस्त्र प्रहरी बलको टोलीले बागलुङको द क्लिफ नेपालमा बञ्जी जम्प गरेका छन् ।
युवालाई अर्थतन्त्रबारे जानकारी गराउन साक्षरता अभियान : पूर्वअर्थमन्त्री महत
पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्नुभएको छ ।
मन्त्री शाहीद्वारा पशुपात क्षेत्रमा वृक्षारोपण
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले वृक्षारोपणले बाढीपहिरो र भूक्षयजस्ता समस्या समाधानमा वहुआयामिक लाभ पुर्याउने बताउनुभएको छ ।
कांग्रेस सभापति देउवाद्वारा ३७ विभाग प्रमुख मनोनीत (सूचीसहित)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोक्नुभएको छ ।
डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छाडेर अनावश्यक तर्क गरियो : सांसद बस्नेत
नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ ।