काठमाडौँ, साउन २२ गते । सोमबार रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डुबान भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढेपछि किनार र आसपासका बस्ती प्रभावित भएका हुन् ।
बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबीखोला लगायतमा बाढी आएको छ । बाढीले नदी किनारका बस्तीसँगै प्रमुख सडक जलमग्न हुँदा यातायातसमेत प्रभावित भएको छ । अहिले भने उपत्यकाको मौसम खुलेको छ । गोरखापत्र अनलाइनका लागि फोटो पत्रकार मनोजरत्न शाहीले टेकु दोभान, बल्खु क्षेत्र, तरकारी बजार हुँदै चोभारसम्म पुगेर कैद गरेका तस्बिरः