• १२ असोज २०८१, शनिबार

‘सिटी हल’ को काम चार वर्षमा पैँतालिस प्रतिशत

blog

चितवन समाचारदाता

चितवन, साउन २१ गते । भरतपुर महानगरपालिकाको गौरवको आयोजना रहेको ‘सिटी हल’ निर्माण चार वर्ष बितिसक्दा ४५ प्रतिशत मात्र काम भएको छ ।  २७ महिनामा सम्पन्न हुने गरी २०७७ मा सम्झौता भएको निर्माण कार्य चार वर्ष बितिसक्दा जम्मा ४५ प्रतिशत मात्र काम भएको सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका झपटबहादुर थापाले जानकारी दिनुभयो । तीन पटकसम्म म्याद थप भएको सिटी हलको निर्माण सम्झौतामा काम सम्पन्न गर्न सक्नेमा अझै विश्वस्त गर्न नसकिने बताउनुभयो । 

निर्माण सामग्रीको अभाव, कोभिडलगायतका कारण समस्या आएको भन्दै निर्माण कम्पनीले काम नगरेको उहाँले बताउनुभयो । पछिल्लो समय छानो छाउनका लागि आवश्यक पर्ने सामग्रीको अभाव र भारतबाट ल्याउनुपर्ने भएकाले ढिलाइ भइराखेको कार्यालयले जानकारी दिएको छ । छानो जस्तापाताको लगाउने गरी डिजाइन गरिएको सिटी हलमा जस्ता लगाउने फर्माको डिजाइनमा समस्या भएपछि अहिले काम ढिला भएको छ । 

मूल भवनको छानाको काम नभएपछि अहिले गेट निर्माणको काम भइराखेको छ । भरतपुरको मुख्य स्थानमा निर्माण भइरहेको हल निर्माण भएपछि राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका कार्यव्रmम गर्नका लागि बाहिर जान नपर्ने भएको छ । भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको कार्यालयपछाडिको चार बिघा चार कट्ठा जग्गामा सिटी हल निर्माण भइराखेको छ । दुई हजार मानिस अट्न सक्ने क्षमताको सिटी हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपियाँ रहेको छ । सिटी हल बनाउन इन्डो–सगुन–रौताहा जेभी र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनबिच २०७७ मङ्सिर १८ गते सम्झौता भएको थियो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल भन्नुहुन्छ, “सिटी हल निर्माणलाई हामीले महŒवपूर्ण उपलब्धिका रूपमा लिएका छौँ । समयमा सम्पन्न गर्नका लागि कार्यालयका तर्फबाट गर्नुपर्ने सहयोग गरेका छौँ । अझै पनि कुनै समस्या भए त्यसलाई समाधान गर्न महानगरको भूमिका रहन्छ ।” 

सिटी हलमा एउटा ठुलो हल र अर्काे तीन सय क्षमताको सानो हल बन्ने छ । सिटी हलमा पर्याप्त पार्किङको व्यवस्था गरिने छ । सिटी हल बनेपछि भरतपुरमा ठुला सभा, सम्मेलन तथा कार्यव्रmम आयोजना गर्न सहज हुने छ । यो हल प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।