जनसङ्ख्या नियन्त्रण होइन, व्यवस्थापन गर्नुपर्ने
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनसङ्ख्या अध्ययन केन्द्रीय विभागले जनसङ्ख्या वृद्धिदर घट्दै जानु मुलुकको हितविपरीत भएको धारणा अगाडि सारेको छ । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत छ । विश्वव्यापी मान्यता अनुसार जनसङ्ख्या वृद्धिदर एक प्रतिशतबाट तल झर्नुलाई खतराको सूचक मानिन्छ ।
सहरी क्षेत्रको जनसङ्ख्यामा असन्तुलन
राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ ।
ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन
दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् । त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।
हेटौँडा बजार क्षेत्रको सडक विस्तार विरुद्धको रिट खारेज
महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारीपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।
खप्तडको विकासमा सबैले सहयोग गर्नुपर्ने
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जलविद्युत, कृषि, सांस्कृतिक सम्पदा र पर्यटनमा सुदूरपश्चिम क्षेत्र प्रख्यात रहेको बताउनुभएको छ ।
कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्षदेखि अलपत्र
मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका पीडितहरूले २० वर्ष अगाडि गठन भएको उपभोक्ता समिति खारेज गरेर आयोजनाको स्वामित्व नगरपालिकाले लिन माग गरेका छन् ।
नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो ।
तुइन खोलामा ढिस्को भत्काउने कामले गति लियो
नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने कामले गति लिएको छ । यसअघि विस्फोटको विकल्प नरहेको भन्दै भत्काउन रोकिएकामा अन्तिम विकल्पका रूपमा पुनः भत्काउन थालिएको थियो ।
बेपत्ता पुरुष मृत फेला
मकवानपुरको हेटौँडामा दुई दिनदेखि सम्पर्कविहीन भएका पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–१२, पदमपोखरी बस्ने ५५ वर्षीय कृष्ण बहादुर थापा मगर घरेटीडाडास्थित भीरमा लडेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।