२१ वर्षपछि थिमि ताहनानीमा भैरव नाच
मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नम्बर ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ ।
सरकारको काँधमा असाधारण जिम्मेवारी छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताउनुभएको छ ।
करदाताले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन : महानिर्देशक तिवारी
आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताउनुभएको छ ।
सर्पका बिरामी बढे, छैनन् चिकित्सक
सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीया सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको छ ।
सङ्घीय संसद् भवन निर्माण छिटो सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित सङ्घीय संसद् भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताउनुभयो ।
विद्युत प्राधिकरणका देशभरका कार्यालयद्वारा वृक्षरोपण
नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरुमार्फत मङ्गलबार वृक्षरोपण गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि
अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०÷८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२ थियो ।
तोलामा एक सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।
अन्नबाली उत्पादनमा विषादीको प्रयोग नगरौँः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले विषादीको प्रयोग नगरी अन्नबाली उत्पादन गर्न आग्रह गर्नुभएको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिको बधाई ज्ञापन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
आज खिर खाने दिन, यस्ता छन् खिरका फाइदा
नेपालीका हरेक चाडबाडले विभिन्न प्रकारका खानेकुरालाई प्रोत्साहन गर्ने गर्छ । असार १५ मा दही चिउरा खाएजस्तै साउन १५ मा खिर खाने चलन छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा चलिआएको छ । खिर स्वास्थ्यका लागि उपयुक्त खाना मानिन्छ । पोषणविद् प्रा.डा.उमा कोइरालाका अनुसार खिर पूर्ण खाना हो ।
दस वटा पक्की पुल निर्माण
सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
साउन १५ को संस्कृति खिर खाएर मनाइँदै
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।
अपराधका घटना बढेको प्रहरीको तथ्याङ्क
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यकाका तीन
मत्स्येन्द्रनाथकी प्रेमिकालाई फूलप्रसाद
रातो मत्स्येन्द्रनाथ (करुणामय) को पानेजु (पुजारी) ले सोमबार कीर्तिपुरकी याकः मिसालाई फूलप्रसाद चढाउनुभएको छ । कीर्तिपुरका ७३ वर्षीय लक्ष्मीकुमारी महर्जन (याकः मिसा) लाई मत्स्येन्द्रनाथको फूलप्रसाद चढाउनुभएको हो । अविवाहित महर्जनलाई याकः मिसा एवं कन्या कुमारी मानेर उक्त प्रसाद चढाइएको हो ।
विपदमा एक सय ४३ को मृत्यु, ४७ जना बेपत्ता
मनसुनी विपदमा परी गत जेठ २८ गतेदेखि आजसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी एक सय ४३ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता रहेका छन् ।
पर्यटनमन्त्रीसामु विमान परिचारिकाले बुझाए मागपत्र
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस) ले सेवासुविधा नपाएको भन्दै सेवा वृत्तिको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष आग्रह गरेका छन् ।
‘भ्रष्ट्राचार रोक्न सदाचार नीति ल्याइनुपर्छ’
संसदीय समितिले देशमा सुशासन प्रवर्द्धन र भ्रष्टाचार हुन नदिन सदाचार नीति कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिएको छ ।
धेरै कार्गो बोक्ने नेपाल एयरलाइन्स सम्मानित
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो ।
१५ जिल्लामा दुई लाख ७१ हजार गरिब परिवार सूचीकृत
सरकारले १५ जिल्लाका दुई लाख ७१ हजार छ सय ४० गरिब परिवारको अन्तिम सूची स्वीकृत गरेको छ । यही साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रुपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकका गरिब परिवारको सूची स्वीकृत गरेको हो ।
भाषणभन्दा धेरै काम गरेर देखाउनुपर्नेछ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकका निराशा चिर्न सरकारले काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ ।
पत्रकारिताको धार समाउन युट्युबलाई सुझाव
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबवरलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गर्नुभएको हो ।
बाढी पहिरोलगायतका विपदमा परी हालसम्म १४३ जनाको मृत्यु
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म १४३ जनाको मृत्यु भएको छ ।