‘म्याचुरेटी’ गर्दै औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागले कामको विश्वसनीयताको लागि ‘म्याचुरेटी’ (परिपक्कता) को तीन तहमा पुग्ने तयारी थालेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको मानाङ्कअनुसार विभाग परिपक्कताको तीन तहमा पुग्ने तयारी गरेको हो ।
संविधानले उपलब्ध गराएका अधिकार जनताले महसुस गर्न पाउनुपर्छ : उपसभामुख
उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताउनुभएको छ ।
सङ्घीय संसद्लाई माग गरेजति नै बजेट दिनुपर्छ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा सङ्घीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताउनुभएको छ ।
चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब रेमिट्यान्स
चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भर्खरै बैठक सुरु भएको हो ।
हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान
चौध महिना अगाडि २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका-५ सृजनानगर बस्दैआउनु भएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबिच बुढेसकालको सहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो ।
सिन्धुलीका दुई पालिका ‘बालमैत्री पालिका’ घोषणा हुँदै
सिन्धुली जिल्लाका दुई वटा पालिकालाई ‘बालमैत्री पालिका’ घोषणा गर्ने तयारी सुरु गरिएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकालाई बालमैत्री पालिका घोषणाको तयारी गरिएको हो ।
हिमाली क्षेत्रमा मूल्य बढ्यो
हिमाली क्षेत्रमा मूल्य वृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरणअनुसार उपभोक्ता मुद्रास्फीति हिमाली क्षेत्रमा आठ दशमलव ७९ प्रतिशत बराबर पुगेको छ ।
शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा
मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ ।