श्रम बजारका समस्या समाधानका लागि मन्त्री भण्डारीद्वारा सामुहिक प्रयासमा जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु
अरनिको राजमार्ग अन्तर्गत जिल्लाको पाँचखाल नगरपालिका( ६ हनुमानगढीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको बा८७प ६४१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जिल्लाको पनौती नगरपालिका( १२ बस्ने अन्दाजी ३४ वर्षका रूपक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
आजको मौसम : चिसो बढ्ने, तत्काल पानी नपर्ने
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूची हटाउने प्रयासमा छौँ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताउनुभएको छ।
मन्त्रीपरिषद् बैठक बस्दै
आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
रास्वपाको वडा अधिवेशन आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो ।
नागरिकता बनाउनेको भिड
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नागरिकता प्रमाणपत्र बनाउनेको भिड बढ्दै गएको छ ।सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र सम्बन्धविच्छेदलगायतका घटनाले नागरिकता बनाउनेको भिड बढेको कार्यालयले जनाएको छ । कार्यालयले नागरिकता बनाउन चार ठाउँमा व्यवस्था गरे पनि भ्याइनभ्याइ भएको कर्मचारीको गुनासो छ ।
सरकारको ध्यान ठुला कृषि परियोजनामा
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७, होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माणले मूर्त रूप लिएको छ । दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्कको शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ठुला कृषि परियोजनाको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आएको बताउनुभयो ।
हेलिकोप्टर उडान–अवतरण नलिन्चोकबाट गर्ने तयारी
नेपाल नागरिक उड्डयन प्राधिकरणले भक्तपुरको नलिन्चोकमा निर्माण गरेको हेलिपोर्ट छ महिनाभित्रै सञ्चालनमा ल्याइने भएको छ । २०७९ साउन १ गतेबाट निर्माण सुरु गरिएको उक्त हेलिप्याडमा परीक्षण उडान गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले माउन्टेन एयरको हेलिकोप्टरबाट परीक्षण उडान गरिएको र परीक्षण उडानको प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टर उडान नलिन्चोकमा स्थानान्तरण गरिने बताउनुभयो ।