वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार रोल्पा गङ्गादेव गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौँ गंगबुमा बस्ने ३९ वर्षीय निमराज डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।
माथिल्लो तामाकोसीले बेच्यो चार अर्बको बिजुली
दोलखाको बिगु गाउँपालिका १ लामा बगरको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब चार अर्बको बिजुली बिक्री गरेको छ ।
फिल्म सिटी निर्माण अलपत्र
दोलखाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यसमेत रहेको डाङडुङेमा बन्ने भनिएको फिल्म सिटी निर्माण अलपत्र परेको छ । चालु आर्थिक वर्षमा सङ्घ तथा प्रदेशबाट बजेट प्राप्त नभएपछि फिल्म सिटी निर्माण अलपत्र परेको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो । “यस वर्ष सङ्घले अध्ययन, अनुसन्धान तथा अनुगमनका लागि ४० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । निर्माणकै लागि सम्बन्धित निकायको खासै चासो नदेखिएपछि निर्माण अलपत्र परेको हो,” उहाँले भन्नुभयो ।
उपराष्ट्रपति यादवद्वारा गुरु नानक जयन्ती शुभकामना
कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीले मनाउने गुरु नानक जयन्तीका अवसरमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवले शुभकामना दिनुभएको छ ।
पौड्यालको नाम सर्वसम्मत अनुमोदन
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो । यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो ।
काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल
पुनर्निर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय अझै अन्योलमै छ । २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ ।
जहाज खरिद प्रक्रिया छिट्टै
नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरिद प्रक्रिया फरक रहेकाले यी दुई कार्य एकअर्कालाई रोकेर गर्ने विषय नभएको स्पष्ट पारेको हो ।
समय फेरिएर सुरु भयो द्रुत बस सेवा
समय संशोधन गर्दै आइतबाट द्रुत बस सेवा पुनः सुरु भएको छ। पहिले बिहान ९ देखि बस सेवा सुचारु गरिए पनि अब भने बिहान ८:३० देखि १०:३० सम्म र बेलुका ३:३० देखि ५:३० बजेसम्म द्रुत बस सेवा सञ्चालन हुनेछ।
अनलाइनमार्फत ठगी कार्यमा सङ्लन्न एक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ एक लाख ३५ हजार रुपियाँ ठगी गर्ने २७ वर्षीय सुजता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।